बागलुङ, २८ मंसिर– काठेखोला गाउँपालिका–८ लेखानीले गाउँभेलामा पंचायतदेखि हाल सम्मका जनप्रतिनिधिलाई सम्मान गरेको छ ।
बुधबार आयोजना गरिएको भेलामा लेखानीलाई योगदान गर्नेको लागतसमेत राखिएको वडाध्यक्ष प्रमानन्द कँडेलले बताए । देशको कठिन र बिषम परिस्थितिमा पनि वडाको विकासमा योगदान गरेकालाई सम्मान गरेको उनले बताए ।
पूर्व प्रधानपञ्चहरु स्वर्गीय परमानन्द कँडेल, भिबहादुर पुन, भिमबहादुर रोका, दलबहादुर श्रीस, टेकबहादुर रोका, टिकानिधि कँडेल तथा पूर्व अध्यक्षहरु पूर्णबहादुर श्रीस, दिलबहादुर छन्त्याल, चित्रकला छन्त्याल श्रीसलाई सम्मान गरिएको थियो ।
त्यस्तै, डिल्लीराम गौतम, मणिभद्र शर्मा कँडेल, डिलाराम कँडेल, पृथीलाल शर्मा कँडेल, गंगाबहादुर छन्त्याल, हर्कबहादुर छन्त्याल, पदमबहादुर काउचा, डम्बरसिंह घर्तीमगर, बमबहादुर श्रीस, प्रेमबहादुर गुरुङ, चिन्ताराम छन्त्याल, रामबहादुर पुन, रेखबहादुर श्रीस, नरबहादुर काउचालाई सम्मान गरिएको हो ।
उपाध्यक्षहरु नरहरी कँडेल, खर्कबबहादुुर श्रीस, लेखानी समाज युके, लेखानी समाज बहराईन, लेखानी समाज जापान पनि सम्मानित भए । संघियतापछि वडा सदस्य भएका काशीराम कँडेल, चन्द्रीकला विक, तुल्सा श्रीस र चन्द्रकुमार पुनसमेत सम्मानित भए ।
गाउँपालिका अध्यक्ष राजु थापा र वडा अध्यक्ष कंडेल सहितका जनप्रतिनिधिले उनीहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा थापाले पालिका र वडाको विकासका लागि योगदान गर्नेहरु सम्मान योग्य भएको बताए । गाउँपालिकाले २२ जना छात्रछात्रालाई प्राविधिक शिक्षा अध्ययनका लागि निःशुल्क व्यवस्था गरेको पनि उनले बताए ।
कार्यक्रममा काठेखोला गाउँपालिकाका प्रवक्ता टिका संगम विक, एमाले लेखानीका अध्यक्ष डम्बरसिंह घर्ती, पूर्व गाविस अध्यक्ष दिलबहादुर छन्त्याल, लेखानी समाज युकेका अध्यक्ष लालबहादुर रोका, लेखानी माविका प्रअ खिमानन्द कँडेल, गाजा बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष सूर्य कँडेल, चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सीपल नवराज श्रेष्ठ, नागरिक समाजका कृष्ण छन्त्याल लगायतले मन्तव्य राखेका थिए ।