११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

नेपाल जेसीजको उपाध्यक्षमा बागलुङका सौरभ श्रेष्ठ निर्वाचित


जनमञ्च संवाददाता
  • २ पौस २०८० , सोमबार

  • नेपाल जेसीजको उपाध्यक्षमा बागलुङका सौरभ श्रेष्ठ निर्वाचित

    बागलुङ, २ पुस– नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा बागलुङका युवा सौरभ श्रेष्ठ निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न जेसीजको ५० औं महाधिवेसनमा श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
    श्रेष्ठ बागलुङ जेसीजका निर्वतमान अध्यक्ष हुन् । युवाहरुको क्षमता विकासको क्षेत्रमा जेसीजले विभिन्न क्रियाकलाप गर्दै आएको छ । केही समयअघि मात्र नयाँ नेतृत्व हस्तान्तरण भएपछि श्रेष्ठले केन्द्रको योजनामा अगाडि बढेका हुन् ।
    श्रेष्ठको नेतृत्व स्थापित गर्न बागलुङ जेसीजका पूर्व अध्यक्ष तथा पदाधिकारीले केही दिनदेखिनै बुटवल पुगेर प्रचार गरिरहेका थिए । महाधिवेसनबाट नेपाल जेसीजको केन्द्रीय अध्यक्षमा नुवाकोटका रविन पोखरेल विजयी भएका छन् ।
    नेपाल जेसीजको २१ सदस्यीय कार्यसमितिमा एक जना अध्यक्ष, चार कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् भने निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था रहेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend