११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026
बालमैत्री नगरको अभियान

बानपा–१ मा बालअधिकार संजाल र बाल क्लब समूह सञ्जाल गठन


जनमञ्च संवाददाता
  • ५ पौस २०८० , बिहिबार

  • बानपा–१ मा बालअधिकार संजाल र बाल क्लब समूह सञ्जाल गठन

    बागलुङ, ५ पुस– बालमैत्री नगर अभियान चलाएको बागलुङ नगरपालिका–१ मा अभियान सफलताका लागि बाल अधिकार संजाल र बाल क्लब समूह संजाल गठन गरिएको छ । बिहिबार आयोजित कार्यक्रममा उक्त समितिहरुको घोषणा गरियो ।
    सरोकारवालाले बालमैत्री नगरको अभियान सफल पार्न हस्ताक्षरसमेत गरेका छन् । कार्यक्रममा नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बालमैत्री नगर बनाउने आफ्नो पहिलो निर्णय भएकोले सबैले साथ दिन पनि आग्रह गरे । उनले बालमैत्री नगर बनाउँदा राष्ट्रिय स्तरमै नगरको गरिमा उचो हुने समेत बताए ।
    कार्यक्रममा नगर उपप्रमुख राजु खड्का, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल, नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल लगायतले बोलेका थिए । वडा अध्यक्ष जयबहादुर खत्रीको अध्यक्षता, शिक्षा अधिकृत गौरव रानामगरको संचालन र वडा सदस्य शान्तिदेवी शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा सयौं बालबालिका र अभिभावक पनि सहभागि थिए ।
    उक्त अबसरमा समीर रोका अध्यक्ष रहेको वडा बाल संजाल गठन गरिएको छ । समितिको उपाध्यक्षमा जविक सुवेदी, सचिवमा पुजा सापकोटा र कोषाध्यक्षमा रचना डेगा रहेका छन् ।
    त्यस्तै, वडा अध्यक्ष जयबहादुर केसीको अध्यक्षतामा वडा बाल समन्वय समिति गठन भएको छ । समितिको सदस्यहरुमा सोमबहादुर बोहरा, कृष्णबहादुर कार्की, शान्ति शर्मा, रितादेवी बोहरा, अनिता राजभण्डारी, तेजेन्द्र आचार्य, कृष्ण बहादुर केसी, शम्भु आचार्य, कविराज क्षत्री, इन्दिरा शर्मा, धना बोहरा, सुस्मा गौतम, समिर रोका र पुजा सापकोटा रहेका छ्न् ।
    यी दुवै समितिले वडामा समन्वय गरेर बालमैत्री नगरका लागि आवस्यक पूर्वाधार तथा अन्य सूचकका लागि खोजी गर्नेछन् । साथै, समयमा बालमैत्री नगर घोषणाका लागि सहजीकरण पनि गरिने बालमैत्री सहजकर्ता सरिता गौतमले जानकारी दिइन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend