बागलुङ, ९ पुस– बागलुङ नगरपालिका–११ रायडाँडामा बालमैत्री स्थानीय शासन समन्वय समिति गठन भएको छ ।
वडा अध्यक्ष ज्ञानेन्द्र गौतमको अध्यक्षतामा बनेको समितिको सदस्यमा टुकादेवी शर्मा, खेम थापा, गंगा बस्याल, केयरसिंह थापा, दुर्गाबहादुर थापा, तुलकुमारी बानिया, सपना हरिजन, लक्ष्मी जिसी, चक्रपाणी गौतम, रत्नबहादुर थापा, केदार आचार्य, सन्देश थापा र प्रसंसा थापा रहेका छन् । वडा सचिव ऋषिराम गोतामे सदस्य सचिव छन् ।
वडा बाल समूह संजाल पनि गठन भएको छ । सन्देश थापा अध्यक्ष, प्रसंसा थापा उपाध्यक्ष र सिता घर्ती सचिव छन् । प्यारी थापा सहसचिव, गणेश नेपाली कोषाध्यक्ष रहेको समितिमा नेहा थापा, सुनिल शर्मा, सृष्टी नेपाली, डिलकुमारी नेपाली, अक्ष्मण थापा, खुसी थापा, बिपना नेपालीइ, सुस्मित केसी, सेन किसान र पुस्पा थापा सदस्य छन् ।