११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

‘बिभेद नहटाएसम्म जनताले लोकतन्त्रको अनुभूति गर्न नसक्ने’


जनमञ्च संवाददाता
  • १३ पौस २०८० , शुक्रबार

  • ‘बिभेद नहटाएसम्म जनताले लोकतन्त्रको अनुभूति गर्न नसक्ने’

    बागलुङ, १३ पुस– समाजमा रहेका बिभेद नहटाएसम्म लोकतन्त्रको अनुभूति जनताले गर्न नसक्ने सरोकारवालाले बताएका छन् ।
    बिवाईसी बागलुङ, फोयरमेड फाउण्डेसन र ग्रामीण स्वास्थ्य सुधार परियोजनाले आयोजना गरेको लैंगिक समानता र सामुदायिक समावेशीकरण सम्बन्धी कार्यशालाका सहभागिले जनता सशक्तीकरण नभएसम्म व्यवस्थाले मात्रै समेत समाज सुधार नहुने बताए । उनीहरुले अहिले देखिएका बिबादका बिषय पनि नेतृत्वले गरेको कमजोरीको कारण भएको बताए ।
    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले निरंकुश नेतृत्वका कारण कार्यकर्ताहरुले समेत न्याय नपाउने, जनता पनि बिभेदमा पिल्सीने अबस्था भएको बताए । उनले लोकतान्त्रिक नेतृत्व र राज्य प्रशासन आवस्यक भएको औल्याएका थिए ।
    कार्यक्रममा बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा तथा अन्य पालिकाका उपप्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा क्रियाकिल व्यक्ति समेत कार्यक्रममा सहभागि थिए ।
    कार्यशालामा शक्ती, सशक्तीकरण, अधिकार, समावेशीकरण लगायतका संविधानले व्यवस्था गरेका बिषयमा समूहगत छलफल र प्रस्तुतीकरण भएका थिए । उक्त अबसरमा उर्मिला सिंखडाले सहजीकरण गरेकी थिइन् । संविधानले व्यवस्था गरेका मौलिक हक, कानून, नियम र कार्यविधिहरु सयौं भएपनि समाजमा अझै पनि समावेशीकरण नभएको, शक्तीले निर्धोलाइ दवाएको, पद र शक्तीबाट नागरिकले अधिकार पाउन नसकेको लगायतका बिषयमा प्रस्तुतीकरण समेत भएका थिए ।
    हाम्रो समाजमा अहिले पनि महिला र पुरुष, अपांग र सांग, ग्रामीण र सहर तथा धनी र गरिब लगायतका जातजाती, धर्म संस्कृतिमा बिभेद रहेको बिषयलाइ सहभागिले अभिनय मार्फत समेत प्रस्तुतीकरण गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend