११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

खुला भलिबलमा जैमिनीको शुरुवाती जित


जनमञ्च संवाददाता
  • १५ पौस २०८० , आइतबार

  • खुला भलिबलमा जैमिनीको शुरुवाती जित

    बागलुङ, १५ पुस– बागलुङ उद्योग बाणिज्य संघद्वारा आयोजित सातौं बागलुङ महोत्सवमा आइतबार खुला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । शुरुवाती खेल यहाँको जैमिनी नगरपालिकाले जितेको छ ।
    महोत्सवमा जिल्लाको स्थानीय पालिका स्तरीय भलिबल प्रतियोगितामा आयोजना गरिएको छ । आइतवारको पहिलो खेल जैमिनी नगरपालिकाले ताराखोला गाउँपालिकालाई सोझो दुइ सेटमा जित हात पारेको हो ।
    जैमिनीले २५–१२ र २५–२२ को सोझो सेटमा ताराखोलालाई हराएको हो । त्यसअघि यहाँको धौलागिरि बहुमुखी क्यामपस र तित्याङ खेलकुद समितिबीच मैत्रीपूर्ण भलिबल खेल पनि भएको थियो । खेलका बाँकी सबै इमेन्ट सोमबारदेखि मात्रै शुरु हुनेछन् ।
    प्रतियोगितामा प्रथम हुने टिमलाई ५५ हजार नगद पुरस्कारको समेत व्यवस्था छ । महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, स्थानीय, घरेलु तथा लघु उद्योगका उत्पादनको प्रर्दशनी राखिएको छ । स्थानीय किसानले उत्पादन गरेका कृषिजन्य बस्तुको बजारीकरण समेत गर्न महोत्सव आयोजना भएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend