९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

राष्ट्रिय सभाका उमेदवार भोट माग्न व्यस्त


जनमञ्च संवाददाता
  • ७ माघ २०८० , आइतबार

  • राष्ट्रिय सभाका उमेदवार भोट माग्न व्यस्त

    बागलुङ, ७ माघ– आसन्न राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार भोट माग्दै बागलुङ, पर्वत, म्याग्दी लगायतका मतदाता भेटमा व्यस्त छन् ।
    सत्ता पक्षीय पाँच दलीय गठबन्धनको तर्फबाट गण्डकी प्रदेशबाट उम्मेदवार बनेकाहरु जिल्ला जिल्लामा आएका हुन् । उनीहरुले जिल्ला समन्वय समिति, नगर प्रमुख उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई भेटेका हुन् ।
    भेटमा बागलुङ जिल्लाका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख तथा बागलुङबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सत्तापक्षीय प्रदेश सभा सदस्यहरुले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
    कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य उम्मेदवार किरणबाबु श्रेष्ठ, मनरुपा शर्मा, पदमबहादुर परियारले गठबन्धनको औचित्य र आवश्यकता अझै बाँकी रहेकाले आफुहरु अहिले पनि गठबन्धनको तर्फबाट उम्मेदवार बनेको बताएका थिए ।
    शर्मा सहिद परिवारकी सदस्य र परियार अपांग र दलीत क्षेत्रको प्रतिनिधित्व गर्दै उमेदवार बनेका हुन् । कार्यक्रममा सहभागी गठबन्धन दलका नेताले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको मर्म अनुसार अगाडि बढेर उम्मेदवारलाई विजयी गराउन भूमिका खेल्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
    नेपाली काँग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत राष्ट्रिय जनमोर्चाका अध्यक्ष तेजबहादुर थापा तिलक र सञ्चालन नेकपा माओवादी केन्द्रका कार्यालय सचिव चन्द्रबहादुर थापा शिखरले गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend