२८ भाद्र २०८३ , आइतबार

२८ भाद्र २०८३ , आइतबार
  • २८ भाद्र २०८३ , आइतबार
  • September 13 2026

राष्ट्र र राष्ट्रियता जोगाउने अभियानमा एमाले : महासचिव पोखरेल


जनमञ्च संवाददाता
  • १३ माघ २०८० , शनिबार

  • राष्ट्र र राष्ट्रियता जोगाउने अभियानमा एमाले : महासचिव पोखरेल

    बागलुङ, १३ माघ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण अभियान सुरु भएको बताएका छन् । देशमा देखिएका वर्तमान समस्या समाधानका लागि बलियो राजनीतिक शक्तिको आवश्यकता रहेको भन्दै पोखरेलले जनताका बीचमा पहिलो पार्टी एमालेले बलियो जनमत ल्याउने गरी अभियान सञ्चालन भैरहेको बताए ।
    पार्टीभित्रै देखिएका समस्या समाधान गरेर पार्टी जोगाउने अभियानमा एमाले सफल भएको भन्दै पोखरेलले अब राष्ट्र र राष्ट्रियता जोगाउने अभियान सुरु भएको बताए । ‘वर्तमानमा देखिएका बेथितीबिरुद्ध एमालेले संघर्ष गर्नुपर्ने छ, पार्टीले संघर्षका कार्यक्रम तयार गरेर सार्वजनिक गर्छ, तपाईंहरु तयार रहनुहोला’ पोखरेलले भने ‘अहिलेको कारकारवाही चित्तबुझ्दो भएनन्, भ्रष्टाचार र बेथिती मौलाएको छ, चुप लागेर बस्ने अवस्था रहेन् ।’
    बागलुङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले देशमा सामाजिक सुरक्षाको प्रत्याभ्रती र सुशासनका लागि एमाले नै सरकारमा रहनुपर्ने दाबी गरे । ‘एमाले सरकारमा हुँदा बुढाबुढीले भत्ता, शिक्षक, कर्मचारी र राष्ट्रसेवकले तलब बढ्ने आशा गर्छन्’ पोखरेलले भने ‘अहिले राजश्वले कर्मचारीको तलबभत्ता पु¥याउन कठिन छ ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend