९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

स्नोकर प्रतियोगिताको उपाधी भिम रसाईलीलाई


कृष्ण संयोग
  • १४ माघ २०८० , आइतबार

  • स्नोकर प्रतियोगिताको उपाधी भिम रसाईलीलाई

    बागलुङ, १३ माघ– दक्ष खेलाडी उत्पादन र युवाहरुलाई स्नोकर खेलप्रति आकर्षित गर्ने उद्धेश्यले बागलुङ नगरपालिका वडा नं. ३ फेन्ड्ली स्नोकर हाउसमा सञ्चालित दोस्रो खुल्ला स्नोकर प्रतियोगिताको उपाधी भिम रसाईलीले उचालेका छन् ।
    गुठी युवा क्लब, बागलुङको आयोजना गरेको प्रतियोगिताको फाइनल खेलमा बानपा–३ गुठीका रसाईलीले बानपा–२ रुद्रेपिपलका अभिनास बोसेललाई पराजित गर्दै उपाधी हात पारेका हुन् ।
    प्रतियोगितामा बिजेता हुने रसाईलीलाई खसी, ट्रफी, मेडल प्रमाण–पत्र, उपविजेता हुने बोसेललाई २ वटा लोकल कुखुरा, ट्रफी, मेडल प्रमाण–पत्र प्रदान गरिएको थियो ।
    त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी बानपा–३ का आशिष खड्कालाई घोषित गर्दै १ थान स्ट्रिकसहित प्रमाण–पत्र प्रदान गरिएको थियो । समापन कार्यक्रममा भष्ट्रचारविरुद्ध नागरिक अभियान उपाध्यक्ष एकबहादुर केसी संगमले मन्तव्य राखेका थिए ।
    प्रतियोगिता गुठी युवा क्लवका सचिव सुवास रुचालको संचालन, उपाध्यक्ष अमन रुचालको गुप्ताको अध्यक्षता तथा बागलुङ नगरपालिका वडा नं. ३ का कार्यवाहक वडा अध्यक्ष अर्जुन खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend