९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बागलुङ र कुश्मा नगरपालिकाद्वारा फोहोर व्यवस्थापन गर्न कोरियासँग एमओई


जनमञ्च संवाददाता
  • १६ माघ २०८० , मंगलबार

  • बागलुङ र कुश्मा नगरपालिकाद्वारा फोहोर व्यवस्थापन गर्न कोरियासँग एमओई

    बागलुङ, १६ माघ– बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाले कोरिया सँग फोहोर व्यवस्थापनका लागि एमओइ गरेका छन् ।
    सोमबार बागलुङ नगरपालिकामा आयोजित एक कार्यक्रममा दुवै नगरका प्रमुख र कोरियाको ‘एएलके इसिओ’ कंपनीसँग प्रारम्भिक सम्झौता एमओई भएको हो । यो सम्झौता अनुसार नकुहिने फोहोरको दिगो व्यवस्थापनकालागि कोरियाली प्रविधि भित्राउने लक्ष छ ।
    कोरियाको वातावरण बिभाग अन्र्तगतको ‘एएलके इसिओ’ कंपनीका प्रमुख ‘खो यु सेप’ र सिइओ ‘जङ डेटोङ’ तथा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले संयुक्त हस्ताक्षर गरेका हुन् । बिशेष गरी फोहोर व्यवस्थापनमा उक्त कंपनीले जिरो वेस्ट म्यानेजमेन्टमा प्रविधि उपलब्ध गराउने छ ।
    साथै प्राविधिक सीपका लागि पनि तािलम दिने भएको हो । उक्त कम्पनीले फोहोर व्यवस्थापन गर्ने मेसिन नगरपालिकालाई बिक्री गर्ने, कम्पनीले ३ बर्ष निशुल्क सर्भिस दिने तथा आवस्यक तालिम लिन चाहने प्राविधिकलाई कोरियामै लगेर व्यवहारिक रुपमा ज्ञान दिनेछ । नगरपालिकाको प्राविधिक कोरिया पठाएर मेसिन चलाउने तालिम समेत पाउनेछन् । केही समय कोरियाका प्राविधिकले फिल्डमै आएर मेसिन चलाउने तालिम समेत दिनेछन् ।
    हाल बागलुङ नगरपालिकाले कालीगण्डकी र काठेखोला छेउको खुर्तुकेमा फोहोर फाल्दै आएको छ । कुश्मा नगरपालिकाले पनि बागलुङ पोखरा सडकको छमर्के नजिकै फोहोर फाल्दा दुर्गन्ध फैलिएको छ । दुवै नगरका डम्पिङ साइट सडक छेवैमा छन् २०५४ सालदेखि बागलुङ नगरपालिकाले एक दशकसम्म कालीगण्डकी किनारमा फोहोर फालेको थियो । अहिले भने स्थान फेरेर बानपा १ को खुर्तुर्के भन्ने स्थानमा फाल्दै आएको छ । कुहिने र नकुहिने फोहोर एकै ठाउँमा फाल्दा डंगुर बनेको छ । अब भने नगरपालिकलो कुहिने र नकुहिने फोहोर छुट्टै निकाल्ने व्यवस्थापन गर्ने भएको हो । उक्त मेसिनमा ढुंगा, सिसा र फलामजन्य बस्तुबाहेक सबै नष्ट पार्न सकिन्छ । कुहिने फोहोर कम्पोष्ट मल बनाउने र नकुहिने फोहोरको बढीमा ३ प्रतिशत खरानी बन्ने विधिले जलाउने भएको हो । न्युनतम बिद्युतको खपतमै १ हजार १ सय डिग्री तापक्रमबाट फोहोर नष्ट हुन्छ । तर त्यसबाट धुँवा र धुलो समेत नहुने बताइएको छ । साथै कार्बन उत्र्सजन पनि नहुने बताइएको छ ।
    दैनिक १ टन प्लाष्टिक जन्य बस्तु जलाउने मेसिन ६० लाख र मासिक ३ टन सम्मको फोहोर जलाउने मेसिन १ करोड १७ लाख रुपैयाँ सम्म लाग्ने कम्पनीका प्रतिनिधिले बताएका छन् । बागलुङ नरपालिकाले दैनिक ६ टनसम्म फोहोर निस्कासन गर्ने भएकोले प्लाष्टिकजन्य बस्तु नै साँढे २ टनसम्म हुने अनुमान गरेर ठूलो मेसिन खरिद गर्ने भएको हो । कुश्मा नगरपालिकाले भने सानो मेसिनका लागि तयारी गरेको जोशीले बताए ।
    बागलुङ नगरपालिकाले चालु आर्थिक बर्षकालागि फोहोर व्यवस्थापनका लागि १ करोड २० लाख रकम बिनियोजन गरेको छ । उक्त रकमबाटै यो व्यवस्थापन गर्ने लक्ष राखेको छ । चार महिनाभित्र कोरियाबाट प्रविधिसहित मेसिन ल्याएर जडान गर्न सकिने कम्पनीका नेपाली प्रतिनिधि बिष्णु ढुंगानाले बताए । यो प्रविधि संचालन आएपछि प्लाष्टिकजन्य फोहोर पुरै हटाउन सकिनेछ । बर्षेनी डम्पिङ साइट व्यवस्थापनका लागि खर्च हुने डेढ करोड बढी रकमबाट २५ देखि ३० प्रतिशतको खर्चमा व्यवस्थापन गर्न सकिने इन्जिनियर दिपेन्द्र भण्डारीले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend