बागलुङ, २१ माघ– जिल्लाको बरेङ गाउँपालिका ५ सुखौराले उपभोक्ता मार्फत संचालित सबै योजना सम्पन्न गरेको छ ।
चालु आर्थिक वर्षमा संघ तथा प्रदेश सरकारबाट प्राप्त बजेटलाई प्राथमिकीकरण गर्दै सन्तुलित विकास, समृद्धि र सुखको दीर्घकालीन लक्ष्य हासिल गर्न बजेट बिनियोजन भई गाउँपालिकाको नीति तथा योजना अनुसार सम्पन्न भएका योजनाहरु सम्पन्न भएको हो ।
बरेङ गाउँपालिकाले सम्पन्न भएका योजनाहरुको अनुगमन समेत गरेको छ । पालिका अध्यक्ष कृष्णप्रसाद शर्मा नेतृत्वको अनु्ममन समितिले ७ लाख विनियोजित रकमको खानेपानी ट्यङकी निर्माण तथा मर्मत एवँ १८ लाख बराबरको बजेटमा सम्पन्न मोटरबाटो निर्माण तथा स्तरोन्नती योजनाको स्थलगत निरिक्षण गरेको गाउँपालिका पूर्वाधार विकास शाखा प्रमुख ईन्जिनियर कृष्णबहादुर थापाले जानकारी दिए ।
दुवै योजनाहरु सम्पन्न भैसकेकाले योजनाको लागि विनियोजित रकम भुक्तानीको लागी आवश्यक कागताहरुको साथमा वडाका निर्माण उपभोक्ता समितिका जिम्मेवारी ब्यक्ति गाउँपालिकामा उपस्थित भै योजना फरफारक गर्न गाउँपालिकाले निर्देशन गरेको वडा नम्वर ५ सुखौराका अध्यक्ष अमरबहादुर शेरपुजाले बताए ।
वडा नम्वर ५ सुखौराले उपभोक्ता समिति मार्फत चालु आर्थिक वर्षमा गरिएका ७ वटा योजनाहरु सम्पन्न गरिसकेको अध्यक्ष शेरपुजाले जानकारी दिए ।