२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

चिल्ड्रेनलाईफ र अमर आदर्श प्रेस चौतारी कपको फाइनलमा भीड्ने


जनमञ्च संवाददाता
  • २१ माघ २०८० , आइतबार

  • चिल्ड्रेनलाईफ र अमर आदर्श प्रेस चौतारी कपको फाइनलमा भीड्ने

    बागलुङ, २१ माघ– चिल्ड्रेनलाई इङ्लिस बोर्डिङ स्कुल र अमर आदर्श आवासीय मावि बागलुङ प्रेस चौचारी कप–२०८० को फाइनलमा भीड्ने भएका छन् ।
    प्रेस चौतारी नेपाल बागलुङ शाखाले आयोजना गरेको प्रेस चौचारी कप–२०८० अन्तर्गत आइतबार भएका दुई खेलबाट दुई समुह फाईनलमा प्रबेश गरेका हुन् । पहिलो सेमीफाइनल खेलमा चिल्ड्रेन लाइफले आदर्श विद्यामन्दिर माबिलाई ३–० गोल अन्तरले पराजित ग¥यो ।
    चिल्ड्रेन लाइफका बिबिध थापाले खेलको २० औं मिनेटमा गोल गरेर खेलमा अग्रता दिलाएका थिए । खेलको पहिलो हाफकै ३९ औं मिनेटमा थोमश थापाले एक गोल थपे । दोस्रो हाफको १६ औं मिनेटमा प्रमोद थापाले गरेको गोल चिल्ड्रेन लाइफको तेस्रो गोल बन्यो ।


    दोश्रो खेलमा फ्युचर ब्राइटरलाई अमर आदर्शले १–० गोल अन्तरले पराजित ग¥यो । अमर आदर्शका लागि हनसन बोहराले खेलको ३० औं मिनेटमा गरेको गोल नै अमर आदर्शको जितका लागि निर्णयक गोल बन्यो ।
    उपाधिका लागि सोमबार दिउँसो १ बजे फाईनल खेल हुने छ । खेलमा बिजेता हुनेले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । उपबिजेताले २५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । उत्कृष्ठ खेलाडी सम्मान समेतको व्यवस्था छ । प्रतियोगिताका लागि आयोजकले ४ लाख ७२ हजारको लागत अनुमान गरेको छ । यो खेलका लागि जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समितिले प्राविधिक सहयोग गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend