९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

साउदी अरबमा अप्राकृतिक बलात्कारमा परेका युवाको उद्दार


जनमञ्च संवाददाता
  • २५ माघ २०८० , बिहिबार

  • साउदी अरबमा अप्राकृतिक बलात्कारमा परेका युवाको उद्दार

    प्रतिकात्मक तस्बिर
    बागलुङ, २५ माघ– साउदी अरबमा काम गर्न गएका पर्वतका एक पुरुष युवासँगै बस्ने साथीहरुबाट अप्राकृतिक बलात्कारमा परेपछि भागेर नेपाल आएका छन् । आप्रवासी श्रोत केन्द्र बागलुङको पहलमा उनी नेपाल आउन सफल भएका हुन् ।
    बागलुङको काठेखोला गाउँपालिका–८ की कौशिला बिकले ती युवालाई उद्दारमा सहयोग गरेकी हुन् । यातना पीडित भएर बस्दा बिक तीन महिनाअघि कुवेतबाट भागेर नेपाल आएकी थिइन् । पीडित युवा एक वर्षअघि साउदी गएर काम गर्न थालेका थिए । सँगै बसेका ४ मध्ये तीन जनाले उनीमाथी अप्राकृतिक र सामूहिक बलात्कार गरेको सहन नसकेपछि भाग्ने योजना बनाइरहेका थिए । सोही समयमा उनले ती युवतीको साथ लिएर केन्द्र र दुतावाससम्म पुग्न सफल भएको बताए ।
    बिकले आफ्नो संघर्षको कथा सुनाएको समाचार प्रकाशित भएको देखेपछि ती युवाले आँफू पीडित भएकोले बिक जस्तै भागेर आउने योजना थालेका थिए । ती युवा भाग्ने योजनामा लागेपछि सँगै बसेका अन्य तीन युवाले यातनासमेत दिएका थिए ।
    सामाजिक संजालमार्फत बिकलाई सम्पर्क गरेपछि बिकले केन्द्रमार्फत दुतावासमा सूचना पठाइएको थियो । बिकले जिल्ला प्रशासन र आप्रवासी श्रोत केन्द्रमा सूचना गरेपछि केन्द्रले बोर्डमार्फत ती युवालाई नेपाल झिकाएको हो । पीडितले कानूनी उपचार भर्खर शुरु गरेकोले उनले पहिचान खुलाउन चाहेनन् ।
    उक्त खबर बाहिर लगेमा बिष खुवाएर मार्ने, झुण्डाएर मारिदिने धम्की दिएपछि उनले जानकारी दिन सकेका छैनन् । सुइ लगाएर बेहोस बनाएर फाल्ने योजना बनाएको थाहा पाएपछि शौचालयमा लुकेर उनले नेपालमा खबर गरेका थिए । तत्काल दुतावासको सहयोगबाट ती युवा नेपाल फर्कन सकेका हुन् । ती युवाको पीडा थाहा पाएपछि आप्रवासी श्रोत केन्द्र बागलुङले कुटनैतिक पहल समेत गरेको थियो । पीडितलाई राहत तथा क्षतिपूर्तिका लागि समेत केन्द्रले पहल गरेको छ ।
    बैदेशिक रोजगारीमा जाँदा युवायुवती असुरक्षित हुन नपरोस् भनेर केन्द्रले जिल्ला प्रशासन, स्थानीय तह, राजदुतावास र बैदेशिक रोजगार बोर्डमा सहकार्य गरेर काम गर्दै आएको छ । यसरी सहकार्य गर्दा मृत्यु भएकाको शव ल्याउन, पीडितलाई उद्दार गर्न र राहत उपलब्ध गराउन सहज भएको केन्द्रका प्रमुख मीनप्रसाद उपाध्यायले बताए । पीडित भएकोले युवाको नाम भने केन्द्रले गोप्य राखेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend