२८ भाद्र २०८३ , आइतबार

२८ भाद्र २०८३ , आइतबार
  • २८ भाद्र २०८३ , आइतबार
  • September 13 2026

आदर्श विद्यामन्दिरलाई एभरेष्ट कपको उपाधि


जनमञ्च संवाददाता
  • २७ माघ २०८० , शनिबार

  • आदर्श विद्यामन्दिरलाई एभरेष्ट कपको उपाधि

    बागलुङ, २७ माघ– एभरेष्ट कप अन्तर बिद्यालयस्तरीय फुटसल प्रतियोगिताको उपाधि आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयले जितेको छ । आदर्शले शनिबार भएको फाइनल खेलमा सिद्धार्थ शिक्षा सदनलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगितामा १४ विद्यालयका १७ टिमको सहभागिता थियो ।
    रस आवर फुटसल गुठीको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा विजेता र उपविजेता समूहलाई क्रमशः १२ हजार ७ सय ७७ रुपैयाँ र ७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । न्यू एभरेष्ट एकेडेमी बागलुङको बार्षिकोत्सव तथा अभिभावक दिवसको पूर्वसन्ध्यामा (आधारभूत तह कक्षा ७) विद्यालयस्तरीय फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।
    विद्यार्थीमैत्री वातावरणमा सिर्जनात्मक र रचनात्मक आन्तरिक खेलसहित साँस्कृतिक नृत्य प्रतियोगिता र अन्तर माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको विद्यालयले जनाएको छ । विद्यालयले आयोजना गर्ने यस वर्षको वार्षिकोत्सब माघ ५ गते मुल समारोहका बिच समापन हुनेछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend