९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

धौलागिरि क्याम्पसले सप्ताहव्यापी वार्षिकोत्सव मनाउने


जनमञ्च संवाददाता
  • १ फाल्गुन २०८० , मंगलबार

  • धौलागिरि क्याम्पसले सप्ताहव्यापी वार्षिकोत्सव मनाउने

    बागलुङ, १ फागुन– धौलागिरि बहुमुखी क्याम्पसले स्थापनाको ६१ औं बार्षिकोत्सव सप्ताहव्यापी रुपमा मनाउने भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिए ।
    २०१९ सालमा स्थापना भएको क्याम्पसले शैक्षिक क्रियाकलाप तथा अतिरिक्त कार्यक्रम गरेर वार्षिकोत्सव मनाउन लागेको हो । स्वतन्त्र विद्यार्थी युनियनको साथ र सहयोगमा क्याम्पसले विभिन्न क्रियाकलाप गर्ने जानकारी दिइएको हो ।
    फागुन २ गते सरस्वती पूजा र त्यसअघि सरसफाइ कार्यक्रमसँगै वार्षिकोत्सवका मनाउन थालिने छ । मानव सेवा आश्रममा सहयोग वितरण, विज्ञान हाजिरीजवाफ, छात्र र छात्राहरुको संकायगत भलिबल प्रतियोगिता, दौड प्रतियोगिता, गजल, गीत तथा कविता, खोखो प्रतियोगिता आयोजना भएको हो ।
    त्यस बाहेक कब्ड्डी, व्याडमिन्टन, एथलेटिक्स, लठो तान्ने, प्राध्यापक र कर्मचारीको घैटोफोर प्रतियोगिता, पुरस्कार बितरण, जलपान समारोह र फागुन ८ गते मुल समारोह, शैक्षिक क्षेत्रको उन्नयनका लागि बहस तथा छलफलका कार्यक्रम पनि जोडिने बताइएको छ । क्याम्पस प्रमुख प्रा. डा. रामप्रसाद उपाध्यायको अध्यक्षता, सहायक प्रमुख हरिप्रसाद पाण्डेयको संचालनमा सम्पन्न कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा. डा. दिनबहादुर थापाले मन्तव्य राखेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend