८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

धौलागिरि बहुमुखी क्याम्पसमा वार्षिकोत्सवमा रक्तदान


जनमञ्च संवाददाता
  • २ फाल्गुन २०८० , बुधबार

  • धौलागिरि बहुमुखी क्याम्पसमा वार्षिकोत्सवमा रक्तदान

    बागलुङ, २ फागुन– श्रीपञ्चमीको अवसरमा धौलागिरि बहुमुखी क्याम्पसले आफ्नो वार्षिकोत्सवका विभिन्न क्रियाकलाप शुरु गरेको छ ।
    बुधबार बिहान सरस्वती पूजासँगै वार्षिकोत्सवका क्रियाकलाप थालनी गरिएको हो । क्याम्पस संचालक समितिका अध्यक्ष प्रा.डा. दिनबहादुर थापा र प्रमुख प्रा. डा. रामप्रसाद उपाध्यायले यो अभियानको थालनी गरेका छन् ।
    सरस्वती पूजापछि आयोजित रक्तदान कार्यक्रम गरिएको छ । अंग्रेजी विभागको आयोजनामा गरिएको रक्तदानमा विद्यार्थी, प्राध्यापक र कर्मचारीले रक्तदान गरेका थिए । रक्तदान जीवन दान सरह भएकोले दजनौंको रगत संकलन मात्र नभई तत्काल संकलन गर्न सकिने गरी कतिपय दाताको नाम ठेगाना राखेको नेपाल रेडक्रस सोसाइटीका उपसभापति राजेन्द्र आचार्यले बताए ।
    त्यस्तै कार्यक्रममा थापाले रक्तदान सामाजिक अभियान समेत भएको बताए । उनले रक्तदानबाट जीवन बचाउन सकिने भएकोले शैक्षिक क्षेत्रले आम नागरिकको स्वास्थ्यमा पनि चासो राखिएको बताए । कार्यक्रम उपप्राध्यापक हरिप्रसाद पाण्डेयले संचालन गरेका थिए ।
    वार्षिकोत्सवकै असरमा क्याम्पसले मानवसेवा आश्रमका आश्रितलाई खाना खुवाउने कार्यक्रम गरेको हो । आश्रमका संचालक बिपना तामाङले प्राज्ञिक क्षेत्रले आश्रितको स्वास्थ्य र हेरचाहमा पनि साथ दिएको बताइन् ।
    बागलुङस्थित आश्रममा ५१ जना आश्रित छन् । तीमध्ये अधिकांस महिला र बालबालिका छन् । घर परिवारबाट हेलाहामा परेका, विभिन्न कारणले सडकमा आइपुगेकाहरुलाई यहाँ संरक्षण गरेर राखिएको छ । २०१९ सालमा स्थापना भएको क्याम्पसले वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम राखेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend