९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

धौलागिरि अस्पतालका मेसु र अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि


जनमञ्च संवाददाता
  • ३ फाल्गुन २०८० , बिहिबार

  • धौलागिरि अस्पतालका मेसु र अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि

    बागलुङ, ३ फागुन– धौलागिरि अस्पताल बागलुङका मेडिकल सुपरीटेन्डेन्ट डा. रवि रन्जन प्रधान र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद पौडेलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै समितिका सदस्यद्वय कृष्णशंकर श्रेष्ठ र लक्ष्मी देवी कार्कीले रोस प्रकट गरेका छन् ।
    अस्पताललाई नर्सिङ तथा मेडिकल कलेजको रुपमा विकास गर्न गरिएका निर्णयलाई कार्यान्वयन गर्न बेवास्ता गरेको, अस्पतालबाट उत्पादन हुने फोहोर व्यवस्थापनका लागि परियोजना कार्यान्वयन नगरिएको, अस्पतालका लागि आवश्यक औषधि, सर्जिकल सामग्री खरिद, सरसफाई र सामाजिक सुरक्षा इकाई कार्यक्रमका लागि प्रक्रिया नपु¥याई मेसु र अध्यक्षको मिलेमतोमा कार्य गरे अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णशंकर श्रेष्ठले बताए ।
    बिहिबार पत्रकार सम्मेलन गर्दै श्रेष्ठले गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको निर्देशन विपरित अध्यक्षले अस्पतालको गाडी प्रयोग गरेपनि कार्यसम्पादनमा निष्क्रिय रहेको, अस्पतालका दुई कोठा अध्यक्षले आवासको रुपमा प्रयोग गर्दा चिकित्सकलाई भाडाको घरमा राख्दा अस्पताललाई व्ययभार बढेको, मेसु डा. प्रधानले महिनामा आधा महिना काज र बिदा लिने, समितिले गरेका निर्णय कार्यान्वयन नगर्ने र अस्पतालमा बिरामीको चाप हुँदा पनि परीक्षण नगरेको बताए ।
    अस्पतालका अध्यक्ष पौडेलले मोबाइल सुविधा लिएपनि स्थानीय, प्रदेश, संघ सरकार र समितिका सदस्यहरुसंग प्रभावकारी समन्वय नगरेको, अस्पतालको आन्तरिक आम्दानी बढाउन र घरबहाल बक्यौता उठाउन पहल नगरेको, अस्पतालमा मनपरी कर्मचारी भर्ना गर्ने विशेषज्ञ व्यवस्थापनका लागि मेसुले बेवास्ता गरेको सदस्यद्वय श्रेष्ठ र कार्कीको आरोप छ ।
    यस्तै, अस्पताल समितिले दरबन्दी मागका लागि पठाएको विषयमा अध्यक्ष र मेसुको मिलेमतोमा पुरा दरबन्दी ल्याउन नसकेको, शैक्षिक योग्यता, वर्षाैदेखि सेवा गर्दै आएका कर्मचारी सम्मानजनक व्यवहार र पदोन्नती नगरे, बिरामी तथा बिरामीका कुरुवालाई सस्तो र सुलभ तरिकाबाट खाजा, खानाको व्यवस्था गर्न क्यान्टीन संचालन गर्ने निर्णय कार्यान्वयनमा नआएको भन्दै सदस्यद्वय श्रेष्ठ र जिसीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend