९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
न्यू एभरेष्ट एकेडेमीको १८ औं वार्षिकोत्सव

हाम्रो शिक्षाले देश विकासमा योगदान पुर्याउने जनशक्ति उत्पादन गर्नुपर्छ : उपसभामुख थापा


जनमञ्च संवाददाता
  • ५ फाल्गुन २०८० , शनिबार

  • हाम्रो शिक्षाले देश विकासमा योगदान पुर्याउने जनशक्ति उत्पादन गर्नुपर्छ : उपसभामुख थापा

    बागलुङ, ५ फागुन– गण्डकी प्रदेशसभाकी उपसभामुख बिना कुमारी थापाले हाम्रो शिक्षाले देश विकासमा योगदान पु¥याउने जनशक्ति उत्पादन गर्नुपर्ने बताएकी छिन् ।
    ‘असल नागरिक बन्न प्रेरित गर्ने क्षेत्रको रूपमा शिक्षण संस्थाहरुलाई विकास गर्न सके उच्च शिक्षाको लागि विदेशिनु पर्ने विकराल अवस्थाको अन्त्य हुन्छ’ शनिबार न्यु एभरेष्ट एकेडेमी बागलुङको १८ औं वार्षिकोत्सव, विद्यार्थी तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै उपसभामुख थापाले भनिन्, ‘रोजगारीका लागि विदेश होइन स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षा नीति अबलम्वन गर्नुपर्छ ।’
    बहसमा रहेको संघीय शिक्षा ऐनले निजी क्षेत्रका विद्यालयहरुलाई सम्बोधन गर्नुपर्ने बताउँदै थापाले विश्वमा बिक्ने जनशक्ति उत्पादन गर्ने शिक्षा नीति अबलम्बन गर्न सकेमात्र देशमा बढ्दै गइरहेको शैक्षिक बेरोजगार र विदेश पलायन रोक्ने सकिने धारणा व्यक्त गरिन् । नेपालको शिक्षा क्षेत्रमा संस्थागत विद्यालयहरुले महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै थापाले संस्थागत विद्यालयका जायज मागलाई सरकारले पनि सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।
    ‘हाम्रो शिक्षाले विदेशीने जनशक्तिलाई स्वदेशमै प्रयोग गर्न विलम्ब गर्नु हुँदैन’ थापाले भनिन्, ‘उच्च शिक्षा र रोजगारीका लागि भविष्यमा विदेशनै जाने सोच बनाएका युवा जनशक्तिलाई देशमै केही गर्ने लक्ष्यका साथ अध्ययन गर्ने वातावरण बनाउन समयसापक्षे शिक्षा नीति अवलम्बन गर्न अब ढिलाई गर्नु हुँदैन ।’

    कार्यक्रममा अधिवक्ता ममतादेवी शर्मा, भीमापोखरा युवा क्लबका अध्यक्ष तोयानाथ गौतम, बानपा १ का वडासदस्य शान्तिदेवी शर्मा, अभिभावक धनबहादुर परियार, एन प्याब्सनका केन्द्रीय सदस्य बालकृष्ण शर्माले शुभकामना मन्तव्य राखेका थिए ।
    उक्त अवसरमा प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले विद्यालयको प्रगती प्रतिवेदन पेश गरेका थिए । नेपालको शिक्षा नीतिमा नीजि क्षेत्रको योगदानको कदर हुने गरी शिक्षा नीति बनाउनुपर्ने समेत प्रतिवेदनमा उल्लेख थियो ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, शिक्षक माधव चापागाईको संचालन र अर्का शिक्षक सुनिता क्षेत्रीको स्वागतमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरु सुहाना पन्त, सुमन गौतम, डेनिस क्षेत्री र अनुषा कँडेलले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यालय यसअघि संचालन गरेको कक्षा ७ सम्मका विद्यार्थी बीचको फुटसल प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार तथा मेडल र प्रमाणपत्र बितरण गरिएको थियो । कार्यक्रममा बालबालिकाले विज्ञान प्रदर्शनी तथा अतिरिक्त क्रियाकलापअन्र्तगत साँस्कृतिक नृत्य तथा गीत समेत प्रस्तुत गरेका थिए ।

     

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend