९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
माओवादी केन्द्रको आठौं महाधिवेशन

एमाले र माओवादीको एकता जोगाउन नसकेकोमा पछुतो छ : महासचिव पोखरेल


जनमञ्च संवाददाता
  • ११ पौस २०७८ , आइतबार

  • एमाले र माओवादीको एकता जोगाउन नसकेकोमा पछुतो छ : महासचिव पोखरेल

    काठमाडौं, ११ पुस – नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले र माओवादी केन्द्रको एकता जोगाउन नसकेकोमा आफूलाई पछुतो लागेको बताएका छन्। आइतबार कमलादीमा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले नेकपा गठन गलत नभई ऐतिहासिक आवश्यकता भएको बताएका हुन्।

    ‘नेकपा गठन गलत थिएन ऐतिहासीक आवश्यकता थियो।’ उनले भने, ‘हामीले एउटै घोषणा पत्र बनाएर चुनाव लडेका थियौं तर जनमतको बलमा नेकपा बनाएका थियौं। तर, एकता पुष्टि गर्न सकेनौं। नेकपाको एकता जोगाउन नसकेकोमा मलाई पछुतो छ।’

    पोखरेलले वामपन्थी पार्टी कार्य नीति वा नेताको अन्तर कलहका आधारमा विभाजित हुन नहुने धारणा राखे। पार्टी एकताका लागि इमान्दार प्रयास गर्नुपर्नेमा उनले पुन: जोड दिए। उनले नेकपाको एकता बचाउन नसक्नुमा पश्चाताप गर्दै वामपन्थी आन्दोलन लक्ष्यतिर उन्मुख हुनका लागि कार्यनीतिका विवादका कारण बेमेल र अन्तरकलहमा आधारित भएर नबहकिइकन जनताको अपेक्षा बमोजिम अघि बढ्न आवश्यक रहेको बताए।

    उनले माओवादीले सशस्त्र युद्ध सञ्चालन गर्दा रोल्पा र रुकुममा तत्कालीन सरकारले दमन गर्दा त्यसको विरोधसहित शान्ति पदायात्राको नेतृत्व आफूले गरेको स्मरण समेत गरे।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend