८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

बागलुङमा फागुन १३ देखि चैत्र ४ गतेसम्म दादुरा–रुबेला विरुद्वको खोप लगाइने


जनमञ्च संवाददाता
  • ९ फाल्गुन २०८० , बुधबार

  • बागलुङमा फागुन १३ देखि चैत्र ४ गतेसम्म दादुरा–रुबेला विरुद्वको खोप लगाइने

    बागलुङ, ८ फागुन– दादुरा र रुबेला रोग बिरुद्धको खोप अभियानलाई जिल्लाव्यापी बनाइने भएको छ । स्वास्थ्य कार्यालय बागलुङको नेतृत्वमा जिल्लाका सबै पालिका, जिल्ला समन्वय समिति, जनप्रतिनिधि, सरोकारवाला परिचालन गरेर जिल्लाका २० हजार २ सय २४ बालबालिकालाई खोप लगाउने कार्यक्रम तय भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताए ।
    मंगलबार सरोकारवालाको बैठकपछि आचार्यले यो अभियान सफल पार्न सबैलाई आग्रह गरेका छन् । हाल छुटेका बालबालिका खोजेर खोप लगाउनेदेखि नियमित खोप लगाएकालाई पनि अभियानमा जोड्ने गरी कार्यक्रम तय भएको उनले बताए ।
    जन्मेको ९ महिनादेखि १५ महिनाभित्र लगाउने दुई डोजको खोप लगाएको भएपनि नलगाएको भएपनि अभियानमा पनि जोडिन लागिएको हो । दादुरा रुबेला रोग एक जनाबाट एकपटकमा १८ जना सम्ममा सर्ने भएकोले खोप लगाउन लागिएको हो । पछिल्लो समय तराइका जिल्लासहित बागलुङमा समेत संक्रमण देखिएपछि संक्रमण निवारण गर्न खोप अभियान चलाइएको खोप निरीक्षक राजु थापाले बताए ।
    त्यसका लागि सबै पालिका तहमा स्व्वास्थ्यकर्मीलाई अभिमूखीकरण गराउने योजना छ । फागुन १३ गतेदेखि शुरु हुने अभियान चैतको ४ गतेसम्म चल्नेछ । अहिलेसम्म नेपालमा ८८ प्रतिशत बालबालिकाले मात्रै दादुरा खोप लगाएको तथ्यांक छ । त्यस बाहेक कतिपय स्थानमा खोपै नलगाएका बालबालिका भेटिने, कतिपयले पहिलो चरणको लगाएर पछिल्लो छुटेका भेटिएकोले संक्रमण बेला बेला देखिने गरेको निष्कर्षपछि यो अभियान चलाउन लागिएको हो ।
    बिशेषगरी मजदुर, बसाइ सरिरहने, भारतबाट आएका तथा मुस्लिम र समूहमा बस्ने अन्य धार्मिक समुदायका मानिसहरुमा खोप लगाउने चलन कम भएको भेटिएको हो । ‘खोपै नलगाएका बालबालिका भेटिएको पनि त्यस्तै स्थानमा हो’ बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले भने, ‘केही भने बजारमा भाडामा बस्नेले पनि छुटाएका छन् ।’ ती सबैलाई निम्तो पठाएर तोकिएको दिनमा आफ्नो नजिकको स्वास्थ्य संस्थामा लगेर खोप लगाउन भनिएको उनले बताए ।
    यो अभियानमा ९ देखि ५९ महिना सम्मका बालबालिकालाई खोप लगाइने छ । नियमित रुपमा १५ महिनाका बालबालिकालाई मात्र लगाइन्थ्यो । त्यसका लागि २ सय ७२ खोप केन्द्र, ४ सय ८८ स्वयंसेवक र ९५ जना व्यवस्थापन तथा अनुगमन कर्ता खटाइएको आचार्यले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend