९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

चिल्ड्रेन लाइफ कप फुटबल आजदेखि


जनमञ्च संवाददाता
  • १० फाल्गुन २०८० , बिहिबार

  • चिल्ड्रेन लाइफ कप फुटबल आजदेखि

    बागलङ, १० फागुन– चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबले बिहिबारदेखि आयोजना गर्ने ‘चिल्ड्रेन लाईफ कप’ फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ ।
    क्लबले अन्तर बिद्यालय स्तरीय फुटबल प्रतियोगिता गर्न लागेको हो । उक्त अबसरमा ट्रफी सार्वजनिक गर्दै क्लबका अध्यक्ष तथा चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले बागलुङलाई शैक्षिक गन्तव्य बनाउने अभियानमा चिल्ड्रेन लाइफ बिद्यालय लागिरहेको बताउँदै क्लबले खेलको गन्तव्य पनि बनाउने बताए ।
    बागलुङमा पनि महत्वपूर्ण खेलका गतिविधि हुन्छन् भन्ने स्थापित गर्न क्लबले प्रतियोगिता आयोजना गरेको बताए । साथै उनले आर्थिक क्रियाकलाप, पर्यटन र कृषि क्षेत्रको गन्तव्य बनाउन सबै क्षेत्रले काम गर्नुपर्ने आवस्यकता औल्याएका थिए ।
    बिहिबारदेखि फागुन १२ गतेसम्म आयोजना हुने प्रतियोगितामा १० टिम सहभागि हुने भएका छन् । २०७१ सालमा स्थापना भएको क्लबले शिक्षक र बिद्यार्थीहरुको बिद्यालय स्तरीय फुटसल प्रतियोगिता, बिद्यालय स्तरीय शिक्षकहरुको डबल व्याडमिन्टन प्रतियोगिता समेत गर्दै आएको छ ।
    बाङगेचउर मैदानमा हुने खेलमा प्रथम हुनेले ४४ हजार ४ सय ४४ रुपैयाँ नगद पुरस्कार, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् । द्वितिय हुनेलाई २२ हजार २ सय २२ रुपैयाँ नगद, मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् । बुधबारै खेल तालिका समेत सार्वजनिक भएको छ । पहिलो दिन आयोजक चिल्ड्रेन लाइफ सेतो र गुराँस विद्या सदन, फ्युचर ब्राइटर माबि र डिग्नीटी कलेजबीच खेल हुनेछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend