२७ भाद्र २०८३ , शनिबार

२७ भाद्र २०८३ , शनिबार
  • २७ भाद्र २०८३ , शनिबार
  • September 12 2026

मगर दिवसमा खेलकुद तथा साँस्कृतिक कार्यक्रम हुने


जनमञ्च संवाददाता
  • १० फाल्गुन २०८० , बिहिबार

  • मगर दिवसमा खेलकुद तथा साँस्कृतिक कार्यक्रम हुने

    बागलुङ, १० फागुन– शुक्रबारदेखि बागलुङमा ‘लखन कप’ पुरुष, महिला भलिबल प्रतियोगितासहित खेलकुद र साँस्कृतिक कार्यक्रम हुने भएका छन् ।
    नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङले नेपाल मगर संघको ४२ औँ स्थापना दिवसको अवसरमा ‘लखन कप भलिबल २०८०’ को आयोजना गरेको हो । संघले फागुन १५ लाई ‘मगर दिवस’का रुपमा मान्दै आएको छ ।
    चार दिनसम्म चल्ने कार्यक्रममा महिला तथा पुरुष भलिबल, सामूहिक नृत्य, छेलो, रस्साकसी, ताराखेल प्रतियोगिता राखिएको समन्वय परिषद अध्यक्ष श्याम बहादुर पुनले जानकारी दिए ।
    पुरुष भलिबलमा गण्डकी प्रदेशका वडास्तरका र महिला भलिवलमा पालिकाका खेलाडी समूहले मात्र भाग लिन पाउने छन् । खुल्ला वडास्तरीय भलिबलका विजेताले ८१ हजार १ सय ८१ र उपविजेताले ४१ हजार १ सय ४१ रुपैयाँ पुरस्कार पाउने छन् ।
    खुल्ला महिला भलिबल प्रतियोगिताका विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ नगदसहित कप, मेडल र प्रमाणपत्र उपलब्ध गराइने खेल संयोजक किशोर थापाले बताए ।
    कार्यक्रम सम्पन्न गर्न सवा दश लाखको खर्च अनुमान गरिएको अध्यक्ष पुनले बताए । देशविदेशमा रहेका शुभेच्छुक, व्यवसायी, संघसंस्था लगायतबाट सहयोग जुटाएर कार्यक्रम गर्न लागिएको उनको भनाइ छ ।
    कार्यक्रम अवधिभर स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुतीसमेत रहने जनाइएको छ । कार्यक्रम कालिका भगवती मन्दिर परिसरमा रहेको बाल उद्यानमा हुनेछ । फागुन २ को लखन स्मृति दिवस र १५ गतेको मगर दिवसको सन्दर्भ जोडेर ‘लखन कप–२०८०’ को आयोजना गरिएको नेपाल मगर संघ बागलुङले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend