बागलुङ, १४ फागुन– साल्ट्र ट्रेडिङ कर्पोरेशन बागलुङले पर्वतको बनौ माध्यमिक विद्यालयमा आयोडिनयुक्त नुन सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । बनौ माविका शिक्षक विद्यार्थी र अभिभावकबीच आयोडिनको महत्ववारे सचेतनामुलक कार्यक्रम गरिएको हो ।
कार्यक्रमको सहजिकरण गर्दै साल्ट्र ट्रेडिङ कर्पोरेशन बागलुङका प्रमुख मनोजकुमार श्रेष्ठले मानव शरीरका लागि आयोडिनयुक्त नुन महत्वपुर्ण तत्व रहेकाले यसको सहि तरिकाले प्रयोग गर्नुपर्ने बताए । उनले शिक्षक र विद्यार्थीमार्फत आयोडिनबारे समाजमा सचेतना फैलाउन सहज हुने भएकाले विभिन्न क्षेत्रमा कार्यक्रम संचालन भईरहेको जानकारी दिए ।
कार्यक्रममा विद्यालयका ४० जना विद्यार्थीलाई सचेतना सामग्रीसहित ४० वटा स्कुलब्याग र शिक्षकलाई हातेव्यागसहित टिसर्ट वितरण गरिएको थियो । फेब्रुअरी महिनालाई आयोडिन महिनाको रुपमा लिईने र सोही बमोजिम साल्ट्र ट्रेडिङ कर्पोरेशनले धौलागिरीका बिभिन्न क्षेत्रमा सचेतनमुलक कार्यक्रम गर्दै आईरहेको छ ।
जलजला गाँउपालिका–९ का अध्यक्ष गौबहादुर पुनको अध्यक्षता, विद्यालयका शिक्षक जित फगामीको स्वागत र प्रधानाध्यापक चक्रबहादुर पुुनको संचालनमा सम्पन्न भएको थियो ।