२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

बागलुङ सुधार केन्द्र दोश्रो अर्ना जेसिज कप फुटबलको च्याम्पियन


जनमञ्च संवाददाता
  • २ चैत्र २०८० , शुक्रबार

  • बागलुङ सुधार केन्द्र दोश्रो अर्ना जेसिज कप फुटबलको च्याम्पियन

    बागलुङ, २ चैत्र– दुई गोलले पछि परेको बागलुङ सुधार केन्द्रले नतिजा उल्टाउँदै दोस्रो ‘अर्ना जेसीज कप’ फुटबलको उपाधि जितेको छ ।
    खेलको सुरुवाती चरणमा दुई गोलको अग्रता जोगाउन नसक्दा डिफेन्डिङ च्याम्पियन नेपाली सेनाको श्रीमेहर गण उपाधि रक्षा गर्न चुक्यो । खेलको ४ औं मिनेटमा गणका यमलाल कँडेल र २१ औं मिनेटमा प्रकाश निरौलालले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए पनि पहिलो हाफसम्म टिक्न सकेन् ।
    दुई गोलले पछि परेपछि समालिएर खेलेको बागलुङ सुधार केन्द्रले दुई गोल गर्दै खेल बराबरी गरेको थियो । बागलुङ सुधार केन्द्रका लागि क्यामरुनी खेलाडि साम्बा ओस्करले २४ औं मिनेट र अभिषेक रानाले ४९ औं मिनेटमा गोल गरेका थिए । रानाले अशिष केसीको फ्रि–किममा हेडमार्फत आर्कषक गोल गरेका थिए ।
    निकै प्रतिष्पर्धात्मक खेल निर्धारित समयमा बराबरी भएपछि अतिरिक्त समय धकेलिएको थियो । अतिरिक्त समयको ९३ औं मिनेटमा बागलुङ सुधार केन्द्रका विंगर वरदान न्युरेले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । सहारा एकेडेमीका उत्पादन न्युरेले टोलीलाई फाइल यात्रा गराउन यसअघि रुद्रेपिपल युवा क्लबविरुद्वको सेमीफाइनलमा पनि निर्णायक गोल गरेका थिए ।
    विजेता बागलुङ सुधार केन्द्रले नगद १ लाख ५५ हजार ५ सय ५५ र उपविजेता श्रीमेहर गणले ७५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक, रक्षक, मिडफिल्डर, स्टाइकरले विधागत पुरस्कार प्राप्त गरेको आयोजक जेसिज बागलुङले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend