२८ भाद्र २०८३ , आइतबार

२८ भाद्र २०८३ , आइतबार
  • २८ भाद्र २०८३ , आइतबार
  • September 13 2026

रोट्रयाक्ट सप्ताहमा साइबर सेक्युरिटीदेखि ट्राफिक सचेतना


जनमञ्च संवाददाता
  • ६ चैत्र २०८० , मंगलबार

  • रोट्रयाक्ट सप्ताहमा साइबर सेक्युरिटीदेखि ट्राफिक सचेतना

    बागलुङ, ६ चैत्र– रोट्रयाक्ट सप्ताह बिविध कार्यक्रमसहित सम्पन्न भएको छ । सामाजिक तथा युवाहरुको क्षमता बिकासमा सक्रिय रोट्रयाक्ट क्लब अफ बागलुङको आयोजनामा संचालित रोट्रयाक्ट सप्ताह मंगलबार सकिएको हो ।
    बिगतमा जस्तै यसबर्ष पनि ७ दिन ७ क्षेत्रलाई आधार मानेर गत फागुन ३० गतेदेखि शुरु भएको सप्ताह मुल समारोह र पुरस्कार बितरणसहित सकिएको हो ।
    कार्यक्रममा सप्ताह अवधिभर भएका बिभिन्न कार्यक्रमका सहभागीलाई पुरस्कार बितरण र मायाको चिनो प्रदान पनि गरिएको क्लवका सचिव तारा केसीले जानकारी दिइन् । क्लबले स्थापना कालदेखि नै बिभिन्न सचेतनामुलक तथा रचनात्मक कार्यक्रम गरि सप्ताह मनाउँदै आएको छ ।
    सप्ताहमा बानपा–४ निरयघाटस्थित रामानुज आश्रममा खाद्यान्न र फलफुल बितरण गरिएको थियोे भने साइवर सेक्युरिटी तथा बित्तिय साक्षरता सम्बन्धी सचेतना, मैत्रीपूर्ण फुटसल, हाइकिङ, महिनावारी सचेतना, ट्राफिक सचेतना तथा ट्राफिक बोर्ड व्यवस्थापन गरिएको सप्ताहका मुल संयोजक सन्तोष बोहोराले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend