२७ भाद्र २०८३ , शनिबार

२७ भाद्र २०८३ , शनिबार
  • २७ भाद्र २०८३ , शनिबार
  • September 12 2026

‘जातीय बिभेदको स्वरुप फेरिएयो, बिभेदलाई समुदायमा संस्थागत गरियो’


जनमञ्च संवाददाता
  • ८ चैत्र २०८० , बिहिबार

  • ‘जातीय बिभेदको स्वरुप फेरिएयो, बिभेदलाई समुदायमा संस्थागत गरियो’

    बागलुङ, ८ चैत्र– ५९ औं अन्तराष्ट्रिय जातीय तथा रंगभेद बिरुद्धको दिवश बागलुङमा पनि मनाइएको छ । दक्षिण अफ्रिकामा काला जातीले अधिकारका लागि गरेको आन्दोलन र नेपालमा दलीत मुक्तिका लागि भएका आन्दोलनको सम्झनामा यो दिवश मनाउने गरिन्छ ।
    बिहिबार बागलुङ नगरपालिकाको आयोजनामा भएको दिवशमा जातीय बिभेदको स्वरुप फेरिएको, बिभेदलाई समुदायमा संस्थागत गरिएको लगायतका टिप्पणी समेत भए । बिबाह ब्रतबन्ध लगायतमा हुने बिभेद संस्थागत भएको समेत सहभागीहरुको भनाई छ । जातीय छुवाछुतका कारण अन्तराष्ट्रिय क्षेत्रमा नेपालीको बदनाम भएको पनि उनीहरुले बताए ।
    बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठको अध्यक्षता र सामाजिक बिकास शाखा प्रमुख सरस्वती देवी रेग्मीको संचालनमा सम्पन्न कार्यक्रममा माओवादी नेता बलाबती शर्माले छुवाछुत र बिभेद हटाउन राज्य नै गम्भिर बन्नुपर्ने बताइन् । राज्यले तत्काल कारवाहीको दायरामा ल्याउनेदेखि सचेतना फैलाउने काममा पनि सहयोग गर्नुपर्नेमा शर्माको जोड थियो ।
    बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले छुवाछुतलाई अन्त्य गर्न जनप्रतिनिधिको रुपमा अग्रसर भएको बताए । उनले स्थानीय सरकारको रुपमा पनि आफ्नै पहल हुने जानकारी दिए ।
    कार्यक्रममा नगर उपप्रमुख राजु खड्का, एमाले अध्यक्ष हिराबहादुर केसी, कांग्रेस जिल्ला कार्यसमितिका सदस्य बिजय अधिकारी, एमाले नगर अध्यक्ष धनबहादुर परियार, बानपा २ का अध्यक्ष सुरज बोसेल, अधिकारकर्मी टिकाकुमारी बिश्वकर्मा, ताराबहादुर बिक, भक्तबहादुर बिक, लालबहादुर परियार, लक्ष्मण श्री लगायतले मन्तव्य राखेका थिए ।
    अधिवक्ता यामबहादुर चर्माकारले रंगभेद र जातीय बिभेद विरुद्धको अभियानमा सबैको चासो बढाउन सामुहिक पहल र सामुहिक अपनत्व लिनुपर्ने धारणा सहितको कार्यपत्र प्रस्तुतीकरण गरेका थिए । सहभागीले प्रस्तुतीमाथी टिप्पणी गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend