९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

बालिका बलात्कार गर्ने मल्ल पक्राउ


जनमञ्च संवाददाता
  • १४ चैत्र २०८० , बुधबार

  • बालिका बलात्कार गर्ने मल्ल पक्राउ

    बागलुङ, १४ चैत्र– नौ महिनाअघि बालिका बलात्कार गरेको आरोपमा बागलुङको निसीखोलाका एक ३० बर्षिय युवक पक्राउ परेका छन् । बलात्कार गरी बालिका गर्भवती बनाएपछि भागेका निसीखोला–२ का ३० बर्षिय बिजय मल्ल पक्राउ परेका हुन् ।
    पीडित बालिकाको उजुरीपछि खोजी भैरहेकोमा मल्ललाई बुधबार बिहान भैरहवाबाट पक्राउ गरिएको प्रहरी निरीक्षक दिपकबाबु केसीले जानकारी दिए । ९ महिना अघि मल्लले स्थानीय १३ बर्षिय बालिकालाई जवरजस्ती गरेका थिए । पैसा र दबाव दिएर घटना लुकाउन खोज्दा पीडितहरु उजुरी आउन सकेका थिएनन् । पीडितले परिवारले ९ महिनापछि मात्रै उजुरी गर्न सफल भएको थियो । पक्राउ परेका मल्ललाई प्रहरीले बागलुङ ल्याएर आवस्यक कारवाहीका लागि मुद्दा चलाउने केसीले जानकारी दिए ।
    जवरजस्ती करणीमा परेकी बालिका र उनको परिवार दबावमा पर्दा ढीलागरी जाहेरी परेको हो । ती बालिकाले शनिबार बिहान ३ बजे छोरीलाई जन्म दिएकी छिन् । धौलागिरि अस्पतालमा ती बालिकाले छोरी जन्माएकी थिइन् । २.१ केजीको ती बालिकाको थप उपचारका लागि पोखरा पठाइएको छ ।
    जवरजस्तीबाट गर्भवती बनेपछि बालिकालाई पैसा दिएर घटना लुकाउन खोजिएको थियो । पीडितलाई बुटवल लगेर गर्भपतन गराउन मल्लले दबाव दिएको पीडितका परिवारले जानकारी दिए । ‘बुटवल लगेर गर्भपतन गराउन खातामा पैसा समेत दिएका थिए, तर नमिल्ने अबस्थाको भैसकेकोले फिर्ता भयौं’ पीडितका आफन्तले भने, ‘बाहिर कुरा नल्याउन भन्दै पैसा दिन खोजेका थिए ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend