८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

‘ठगी गर्नेहरु सक्रिय हुँदा राम्रा काम गरेका सहकारी ओझेलमा परे’


जनमञ्च संवाददाता
  • १९ चैत्र २०८० , सोमबार

  • ‘ठगी गर्नेहरु सक्रिय हुँदा राम्रा काम गरेका सहकारी ओझेलमा परे’

    बागलुङ, १९ चैत– असल नियत भएका सहकारीले गरेका कामको प्रचार नहुने र गलत नियत भएका सहकारीले नियम कानुनको पालना नगर्दा सहकारीप्रति सर्वसाधारणको विश्वास घटेको सरोकारवालाले बताएका छन् । पछिल्लो समय सहकारीका नाममा ठगी गर्नेहरु सक्रिय हुँदा राम्रा काम गरेका सहकारी ओझेलमा परेको उनीहरुले गुनासो गरे ।
    ६७ औं राष्ट्रिय सहकारी दिवसको अबसरमा बागलुङ नगरपालिका, जिल्ला सहकारी संघ र सूचना तथा सञ्चार सहकारी संघले संयुक्त रुपमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले केही सहकारीमा देखिएको समस्यालाई सबै सहकारीसँग जोडिएकोमा चिन्ता व्यक्त गरे ।
    ‘सहकारी बिनियममा चल्दैनन्, सहकारीकर्मीको गाडी हुन्छ, पाँचतले घरमा कार्यालय हुन्छ, बैंक र सहकारी छुट्टाउनै गाह्रो हुने’ बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भने ‘सहकारीकर्मीको रबैया देख्दा नै थाहा हुन्छ, यो सहकारी गलत हो वा सहि ।’ ऋणीले ऋण नतिर्दा मात्रै सहकारीमा समस्या नरहेको भन्दै उनले ऋण लिनेलाई मात्रै होईन दिनेले पुरा गरेका प्रक्रियाको समेत अनुगमन र कारवाही आवश्यक रहेको उनले बताए ।
    कृषि सहकारी संघका अध्यक्ष नरबहादुर थापाले सहकारीमा देखिएका समस्या अ‍ैंझेरु बन्नुबाट रोक्नुपर्ने बताए । राम्रा सहकारीका कामबारे चर्चा आवश्यक रहेको भन्दै थापाले गलत गर्ने सहकारीलाई समयमै कारवाही आवश्यक रहेको बताए ।
    बागलुङ नगरपालिकाका प्रबक्ता चक्र बहादुर खत्रीले सहकारी जनताका साथी बन्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघका सचिव बिजय रानाले बिधिमा चल्न सहकारीलाई सुझाव दिए । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले सहकारीका बिषयमा प्रस्तुतीकरण गरेका थिए ।
    सहकारी संघका अध्यक्ष हुमाकुमारी जिसी अञ्जुको अध्यक्षता, बागलुङ नगरपालिकाको सहकारी शाखाका प्रमुख प्रेम प्रसाद शर्माको स्वागत र सूचना तथा सञ्चार सहकारी संघका कोषाध्यक्ष तारानाथ आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend