८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

एक करोड ३५ लाख डोज खोप अट्ने ‘कोल्ड रुम’ तयार


जनमञ्च संवाददाता
  • १२ पौस २०७८ , सोमबार

  • एक करोड ३५ लाख डोज खोप अट्ने ‘कोल्ड रुम’ तयार
    टेकु अस्पतालमा कोभ्याक्स सुविधाअन्तर्गत खोप राख्न जडान गरिएको ‘कोल्ड रुम’

    काठमाडौं, १२ पुस – कोरोनाविरुद्धका ३० लाख डोज खोप मात्रै अट्ने शीतभण्डार (कोल्ड रुम) भएको नेपालले बढाएर एक करोड ६५ लाख क्षमतामा विस्तार गरेको छ । सरकारले एक करोड ३५ लाख डोज अट्ने थप नौवटा भण्डार बनाएको हो ।

    ४०–४० हजार लिटरका काठमाडौंमा दुईवटा तथा विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा एक–एकवटा भण्डार विस्तार गरेको हो । प्रत्येकमा १५ लाख डोजका दरले खोप भण्डारण गर्न सकिन्छ ।

    स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख डा. रुद्रप्रसाद मरासिनीले अब जति खोप आए पनि भण्डारणमा कुनै समस्या नहुने बताए । ‘एक करोड ३५ लाख डोज हट्ने थप भण्डार विस्तार भएपछि अब खोप भण्डारणमा समस्या हुँदैन,’ उनले भने ।
    मरासिनीका अनुसार हाल देशभर करिब एक करोड डोज खोप मौज्दात छ । शुक्रबार मात्रै ५० लाख सिरिन्ज खोप युनिसेफमार्फत प्राप्त भएको छ । थप आउने क्रम जारी छ ।

    महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले खोपको आयात बढेसँगै दातृ निकायको सहयोगमा कोल्ड रुम बनाइएको बताए । देशभर कोभिडविरुद्धको खोप अभियान प्रभावकारी बनाउन तयारी तीव्र पारिएको उनले बताए ।

    यसअघि नियमित खोपका लागि देशभर २८ वटा कोल्ड रुम रहेकामा कोरोनाविरुद्धका खोप राख्न ११ कोल्ड रुम खाली गरिएका थिए । तर, यतिले भण्डारण क्षमता धान्न नसक्ने भएपछि नौवटा कोल्ड रुम थप गरिएको हो ।
    विगतमा स्वास्थ्य सेवा विभागका दुई कोल्ड रुम, विराटनगर, केन्द्रीय भ्याक्सिन स्टोर पथलैया, हेटौँडा स्टोर, सुर्खेत र धनगढीमा गरी ३० लाख खोप भण्डारण क्षमता थियो । अब प्रत्येक प्रदेशमा २० लाखभन्दा बढी डोज खोप भण्डारण क्षमताका कोल्ड रुम तयार भएका छन् ।

    कति खोप आयो कतिले लगाए ? 
    जनसंख्या : 
    तीन करोड तीन लाख ७८ हजार ५५
    लक्षित जनसंख्या :
    एक करोड ९९ लाख २२ हजार १६४
    हालसम्म खोप 
    प्राप्त मात्रा : तीन करोड ९२ लाख तीन हजार ९२७ डोज
    प्रयोग भएको 
    खोप : दुई करोड ३० लाख ९५ हजार ६४७ डोज

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend