९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

घुम्ती शिविरमार्फत अपाङ्गता परिचयपत्र वितरण


रासस
  • २४ चैत्र २०८० , शनिबार

  • घुम्ती शिविरमार्फत अपाङ्गता परिचयपत्र वितरण

    म्याग्दी, २४ चैत– म्याग्दीको धवलागिरि गाउँपालिकाले परिचयपत्र र सहायता सामग्री वितरण गर्न सञ्चालन गरेको घुम्ती शिविरबाट दुई सय सातजना अपाङ्गता भएका सर्वसाधारण लाभान्वित भएका छन् ।
    यही चैत १९ देखि २३ गतेसम्म पाँचवटा वडामा आयोजना गरिएको घुम्ती शिविरमा ७७ जनालाई अपाङ्गता परिचयपत्र र एक सय ३० जनालाई सहायता सामग्री वितरण गरिएको हो । शारीरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडास्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले जानकारी दिए ।
    वडा नं २ मा पाँच, वडा नं ३ मा १४, वडा नं ४ मा १४, वडा नं ६ मा आठ र वडा नं ७ मा ३६ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । ९५ जना अपाङ्गलाई लट्ठी, पाँचजनालाई वैशाखी, नौजनालाई ब्लाइन्ड स्टिक (ह्वाइट क्यान), छ जनालाई कम्बोड कुर्ची र १५ जनालाई कम्मर पेटी उपलब्ध गराइएको उनले बताए ।
    अर्को चरणमा ह्विल चियर प्रयोग गर्ने अपाङ्गता भएकालाई ह्विल चियर पनि वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले बताए । गाउँपालिकाको कार्यालयमा पुगेर लिनुपर्ने सेवा सर्वसाधारणले वडामै सेवा पाउँदा सहज भएको बताएका छन् ।
    गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत सुवेदी, बेनी अस्पतालका चिकित्सक डा. रोशन आचार्य, वडाध्यक्ष, कार्यपालिका सदस्य, गाउँपालिकाका कर्मचारी देव पुन, स्वास्थ्य शाखाका सहसंयोजक अनिशा आचार्यले परिचयपत्र र सहायता सामग्री वितरण गरेका थिए ।
    वडामै निवेदन सङ्कलन गरी अपाङ्गता समन्वय समितिको बैठक बसेर निर्णय गरी परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । गाउँपालिकाका उपाध्यक्ष पुनमगरले अशक्तहरुलाई झन्झटरहित तरिकाले परिचयपत्र उपलब्ध गराउन वडामा पुगेको बताए ।
    अपाङ्गता भएका नागरिकहरुले परिचयपत्रका आधारमा सार्वजनिक यातायातलगायत क्षेत्रमा पाउनुपर्ने छुट सुविधा नपाएको विषयमा गाउँपालिकासँग गुनासो गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend