९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

ढोरपाटन सिकार आरक्षमा वन्यजन्तु सप्ताह


जनमञ्च संवाददाता
  • २ बैशाख २०८१ , आइतबार

  • ढोरपाटन सिकार आरक्षमा वन्यजन्तु सप्ताह
    DCIM100GOPROGOPR3418.JPG

    बागलुङ, २ वैशाख– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा वन्यजन्तु सप्ताह सुरु भएको छ । वन तथा वन्यजन्तु संरक्षणका लागि ढोरपाटन सिकार आरक्षले वन्यजन्तु सप्ताह थालेको हो । वैशाख १ गतेदेखि सुरु भएको कार्यक्रम ७ गतेसम्म सञ्चालन हुने छ ।
    सप्ताहमा स्थानीयवासीलाई वनजङ्गल र वन्यजन्तु संरक्षण सम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको ढोरपाटन सिकार आरक्षका संरक्षण अधिकृत पशुपति अधिकारीले जानकारी दिए । पहिलो दिन प्रभात फेरीसहित जनचेतनामूलुक कार्यक्रम गरिएको थियो । सात दिनसम्म आरक्षण क्षेत्रको संरक्षणमा स्थानीय नागरिकलाई अपनत्व हुने प्रशिक्षण दिइने उनको भनाई छ ।
    पछिल्लो समय चोरी सिकारी बढ्न थालेपछि सिकार आरक्ष कार्यालयले नागरिकलाई वन्यजन्तुसम्बन्धी कानुनी प्रावधानको जानकारी गराउने आरक्ष कार्यालयले जनाएको छ । वन्यजन्तु सप्ताहका अवसरमा ढोरपाटन क्षेत्रका विभिन्न स्थानमा सरसफाइ, घोडा दौड प्रतियोगिता, विद्यालय शिक्षा कार्यक्रम, पर्यटन व्यवसायीसँग पर्यटन प्रवर्द्धनसम्बन्धी गोष्ठी सञ्चालन भइरहेका छन् । –रासस

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend