२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

किन अविवाहित छन् सलमान खान ?


जनमञ्च संवाददाता
  • १२ पौस २०७८ , सोमबार

  • किन अविवाहित छन् सलमान खान ?

    नयाँ दिल्ली – बलिउड अभिनेता सलमान खान ५७ वर्षमा प्रवेश गरेका छन्। बलिउड फिल्म इण्डस्ट्रीका चर्चित अभिनेता खान आज आफ्नो ५६ औं जन्मदिन मनाउँदैछन्। तरपनि अभिनेता अझै फिल्म उद्योगका सबैभन्दा योग्य र ह्यान्डसम कलाकारका रुपमा स्थापित छन्।

    करिब ६ दशकतिर लागेका सलमान अझैं विवाह गर्ने ‘मुड’ मा छैनन्। उनका फ्यानका लागि यो दु:खको कुरा हो। किन उनी एकल बस्न चाहन्छन् ? सेलिब्रेटीदेखि फ्यानसम्म सबै सलमान खानलाई दुलहा बनेको हेर्न चाहन्छन् । धेरै सेलिब्रेटीहरूले सलमानको दुलही आफ्ना छोराछोरीले हेर्ने इच्छा रहेको पनि व्यक्त गर्छन्।

    सबैजना जान्न चाहन्छन् कि यति सुन्दर, आकर्षक र सफल करियर भएपनि सलमान खान किन अविवाहित छन् ? किन बिहे गर्दैनन् सलमान खान ? सलमानले विवाह नगर्नुको कारण ऐश्वर्या राईसँगको ब्रेकअप हो भन्ने धेरैको विश्वास छ। धेरैको विचारमा सलमान कट्रिनासँग बिहे गर्न चाहन्थे। तर भएन।

    कुनै अभिनेत्रीका कारण सलमान खानले अहिलेसम्म बिहे नगर्नुको कारण रहेको बताइन्छ।

    सलमानको क्रस थिइन् रेखा

    अभिनेत्री रेखाकै कारण सलमान खान अझै अविवाहित रहेको बताइन्छ । वास्तवमा केही वर्षअघि रेखा आफ्नो फिल्म सुपर नानीको प्रमोसन गर्न बिग बोसको स्टेजमा आइन् । सलमानले यो समयमा भनेका थिए कि उनी किशोरावस्थामा रेखाको सुन्दरताको पागल थिए । त्यसबेला सलमान र रेखा छिमेकी थिए । रेखा हरेक दिन बिहान मोर्निङ वाक जान्थिन् । सलमान बिहान साढे ५ बजे उठेर हिँडिरहेको रेखालाई हेर्न गर्थे।

    रेखा भेट्न योगा क्लास जान्थे सलमान

    रेखाप्रति सलमानको लगाव यहीँ रोकिएन । सलमानले रेखाको लागि उनको योगा क्लास पनि सामेल हुन्थे। सलमानले भनेका थिए- त्यतिबेला मेरो योगसँग कुनै सम्बन्ध थिएन, तर रेखाजीले त्यहाँ योग सिकाउनुहुन्थ्यो, मेरा साथीहरू र म त्यहाँ जान्थ्यौं।’

    रेखासँग विवाह गर्न चाहन्थे सलमान

    सलमान रेखासँग विवाह गर्न चाहन्थे। तर विवाह भएन। उसो त सलमानको विभिन्न अभिनेत्रीसँग विवाहको हल्ला नचलेको भने होइन। सोमी अली, संगीता बिजलानी,ऐश्वर्या राय, क्याट्रिना कैफ, अव लूलियासँग उनको चक्कर चलेको भारतीय मिडियाले गसिप बनाएका थिए।

    एकपटक रेखाले भनेकी थिइन्- ‘पहिला सलमान खानले सबैलाई भन्नुहुन्थ्यो- म ठूलो भएपछि यो केटीसँग बिहे गर्न चाहन्छु ।’ रेखाको यो कुरामा सलमानले रमाइलो शैलीमा भनेका थिए – यसकारण मेरो विवाह भएन।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend