८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

यी हुन् बागलुङ एमालेबाट सर्वसम्मत ११ जना महाधिवेशन प्रतिनिधी


जनमञ्च संवाददाता
  • १३ मंसिर २०८२ , शनिबार

  • यी हुन् बागलुङ एमालेबाट सर्वसम्मत ११ जना महाधिवेशन प्रतिनिधी

    बागलुङ / नेकपा एमालेको ११औं महाधिवेशनका लागि बागलुङबाट सवै प्रतिनिधी सर्वसम्मत रुपमा चुनिएका छन् । बागलुङको संघिय निर्वाचन क्षेत्र नं. १ बाट ६ जना, क्षेत्र नं. २ बाट ४ जना र दलित कलष्टरबाट १ जना गरी कुल ११ जना महाधिवेशन प्रतिनिधी सर्वसम्मत रुपमा चयन भएका हुन् ।

    क्षेत्र नं. १ को खुलातर्फ ३ जनामा हिरावहादुर खत्री, गणेश थापा र लाल वहादुर थापा, महिलातर्फ २ जनामा ममतादेवी शर्मा र सरस्वती खड्का परियार, युवातर्फ १ जनामा सिर्जना पन्त सर्वसम्मत भएका हुन् ।

    आकाँक्षीको विच सहमती नजुटेपछि दावी गरेका ३९ जनाले नै ६ जनाको नाम टुंगो लगाउने जिम्मा नेतृत्वलाई दिएका थिए । केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा, सुर्य पाठक, सावित्रा राना, जिल्ला अध्यक्ष हिरावहादुर खत्री र क्षेत्रिय संयोजक धन बहादुर परियार रहेको समितिले उनीहरुको नाम टुंगो लगाएको हो ।

    दलित कलष्टरबाट धन बहादुर परियार र क्षेत्र नं। २ को खुलातर्फ भीम प्रसाद शेरचन ‘सुनिल’ र टंक पौडेल, महिलातर्फ करमती पुन र युवातर्फ दान बहादुर श्रीस बिहिवार नै सर्वसम्मत रुपमा चयन भएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend