२६ भाद्र २०८३ , शुक्रबार

२६ भाद्र २०८३ , शुक्रबार
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

दक्षिण कोरियामा किन घट्दैछ जन्मदर ?


जनमञ्च संवाददाता
  • १५ पौस २०७८ , बिहिबार

  • दक्षिण कोरियामा किन घट्दैछ जन्मदर ?

    सोल – दक्षिण कोरियामा जन्म दरमानिरन्तर कमी आएको देखिएको छ। अक्टोबरसम्मको हालै सार्वजनिक तथ्यांकअनुसार जन्मदरमा आएको निरन्तरको ह्रासले दक्षिण कोरियाको जनसाङ्ख्यिक सङ्कट निम्तिने चिन्ता कायमै रह्यो।

    कोरियाली तथ्याङ्क कार्यालयका अनुसार अक्टोबर महिनामा नवजात शिशुहरूको सङ्ख्या २० हजार ७३६ थियो र यो एक वर्ष पहिलेको भन्दा ५.२ प्रतिशतले कमी हो। सन् १९८१ मा तथ्याङ्क सङ्कलन गर्न थालिएपछि यो रिपोर्ट अहिलेसम्मकै सबैभन्दा कम हो।

    दक्षिण कोरियामा सन् २०१५ को डिसेम्बरदेखि ७१ महिनादेखि नवजात शिशुको सङ्ख्यामा कमी आएको छ। यहाँ विवाहमा ढिलासुस्ती हुने सामाजिक अभ्यासका कारण बच्चा जन्माउने उमेर पुगेका महिलाहरूको सङ्ख्या कम हुँदै गएको छ।

    वर्षभरी विवाहको सङ्ख्या ७.७ प्रतिशतले घटेको छ भने अक्टोबरमा १५ हजार २०३ जोडीको मात्र विवाह भएको सरकारी तथ्याङ्क छ। यो अक्टोबर महिनामा अझै बढी कम थियो।

    उल्लेखित महिनामा सम्बन्धविच्छेद गर्नेको संख्या १७.६ प्रतिशतले घटेर सात हजार ७०३ पुग्यो। यस वर्षको पहिलो १० महिनामा नवजात शिशुहरूको सङ्ख्या दुई लाख २४ हजार २१६ रहेको थियो, जुन गत वर्षको सोही अवधिको तुलनामा ३.६ प्रतिशतले कमी हो।

    सन् २०२१ को १० महिनाको अवधिमा विवाह गर्नेको सङ्ख्यामा १०.१ प्रतिशतले कम भएर एक लाख ५५ हजार ६६० पुगेको छ।

    अमेरिकाले अफ्रिकालगायत अन्य मुलुकमाथिको प्रतिबन्ध हटाउँदै

    वासिङ्टनः अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले अफ्रिका र अन्य मुलुकमाथि लागेको यात्रा प्रतिबन्ध हटाउने घोषणा गरेको छ। प्रशासनले बढ्दो ओमिक्रोन भेरियन्टसँगै दक्षिण अफ्रिका र अन्य मुलुकमाथि लगाएको यात्रा प्रतिबन्ध हटाउने घोषणा गरेको हो।

    प्रशासनले यसै शातादेखि दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकहरुमाथि लगाएको यात्रा प्रतिबन्ध हटाउने छ। ‘सर्वसाधारणको स्वास्थ्य सुरक्षा गर्न र ओमिक्रोनबाट बच्न यात्रा प्रतिबन्ध आवश्यक नभएकोले हामीले दक्षिण अफ्रिकालगायत मुलुकमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेका छौ’ मंगलबार रिपोटरहरुसँग राष्ट्रपति बाइडेनले भनेका छन्, ‘सो प्रतिबन्ध यहि शुक्रबारदेखि हट्ने छ।’

    पछिल्लो समय संसारका विभिन्न १ सयभन्दा बढी मुलुकमा कोभिड-१९ को नयाँ भेरियन्ट फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। युरोपेली र अमेरिकी मुलुकमा ओमिक्रोन तिब्र बनेको विभिन्न अन्र्तराष्ट्रिय मिडियामा खबर छ भने ओमिक्रोनबाट त्रसित कैयौ मुलुकले कोभिड १९ विरुद्धको प्रतिबन्धलाई कडाई गरिरहेका छन्।

    आलु संकट कम गर्न तनवटा विमान जापान पठाइयो

    टोक्योः अमेरिकी फास्ट फुड कम्पनी म्याकडोनाल्ड्सले जापानमा आलु संकट कम गर्न आलुले भरिएका तीन वटा विमान जापान पठाएको छ। म्याकडोनाल्ड्सले तत्कालिन आलु संकट कम गर्न हालै आलुले भरिभराउ तिनवटा विमान जापान पठाएको हो।

    पछिल्लो समय जापानमा आलु अभावका कारण जापानमा सञ्चालित म्याकडोनाल्डस् रेष्टुरेन्टले आलुका परिकार पकाउन छोडेको समाचार बाहिरिएको थियो। आलु अभावकै कारण सर्बाधिक लोकप्रिय फ्रेन्च फ्राइज, चिप्स लगायत आलुका परिकारसमेत बन्न छोडेपछि सो कम्पनीले तत्कालिन आलु संकट कम गर्न विमानमार्फत आलु पठाएको जनाएको छ।

    ‘हामीले तत्कालीन आलु आपुर्तीको लागि तीन वटा विमान लोड गरेर जापा पठाएका छौं। जापानमा आलु अभावका कारण फ्रेन्च फ्राइज र अन्य आलुका परिकारहरु बन्न छोडेकोले हामीले सहयोग स्वरुप विमानमार्फत् जापानमा आलु पठाएका हौं,’ म्याकडोनाल्ड्सका सिइओ रियान पिटर्सनले ट्वीटरमार्फत् भनेका छन्।

    पुरानो मानव अधिकारवादी समह बन्द गर्न रुसी अदालतको आदेश

    मस्कोः रुसको सर्वोच्च अदालतले देशको पुरानो मानव अधिकारवादी समूह बन्द गर्न आदेश दिएको छ। रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनको व्यक्तिगत विचारमा बाधा पुर्‍याएको भन्दै अदालतले देशकै पुरानो मानवअधिकारवादी समूह मेमोरियल इन्टरनेसनल बन्द गर्न आदेश दिएको हो।

    ‘रुसको विवादास्पद अनि विदेशी एजेन्टको रुपमा कार्यरत मानव अधिकारवादी निकाय मेमोरियल बन्द गरिनुपर्छ’ अदालतद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सो निकायले सरकारको आलोचना गर्दै दर्जनौं गैरसरकारी संस्था र मिडिया आउटलेटलाई लक्षित गरेको छ।’

    सन् १९८० मा सोभियत युनियनको मातहत मेमोरियल इन्टरनेसनल स्थापना भएको थियो। सो निकायले राजनैतिक कैदीहरुको हकहितको पक्षमा वकालत गर्दै आएको थियो।

    पाकिस्तानको विश्वविद्यालयमा जिन्स लगाउन प्रतिबन्ध

    पञ्जावः पाकिस्तानको पञ्जाव प्रान्तस्थित एक विश्वविद्यालयले जिन्स लगाउन प्रतिबन्ध गरेको छ। विश्वविद्यालयमा अध्ययन गर्न आउने छात्रछात्रामाथि विश्वविद्यालयले जिन्स लगाउन प्रतिबन्ध गरेको हो। सो प्रतिबन्ध पञ्जावस्थित युनिभर्सिटी अफ एग्रिकल्चरल फैसलावादले लगाएको हो ।

    पाकिस्तानको संघीय शिक्षा निर्देशनालयले जिन्स लगाउनमा प्रतिबन्ध गर्न निर्देशन दिएको एक महिनापछि पञ्जावको विश्वविद्यालयले सो नियम लागू गरेको हो। शिक्षा निर्देशनालयले जिन्समाथि प्रतिबन्ध लगाएसँगै विद्यार्थीहरुमा नयाँ पोसाक अनिवार्य गराएको डेली पाकिस्तान अखबारले जनाएको छ।

    सो अखबारका अनुसार नयाँ नियमअन्र्तगत विश्वविद्यालयमा अध्ययन गर्न आउने छात्रले सर्ट, टाइट र ग्रन्जेच जिन्स, धेरै गोजी भएको पाइन्ट र प्रिन्टेट टिसर्ट लगाउन पाउने छैनन्। त्यस्तै छात्राहरुले भने जिन्स, टिसर्ट र सर्ट, पारदर्शी कपडा, चप्पल, फेसनेवल कपडा, झुम्का लगाउन अनुमती नदिएको अर्थात् छात्रहरुलाई आकर्षण गर्ने खालको पहिरन नगर्न विश्वविद्यालयले निर्देशन दिएको बताइएको छ।

    नयाँ नियमअनुसार छात्र र छात्रा, विश्वविद्यालयमा अध्यापन गराउने टिचरहरुले समेत सामान्यखाले कपडा लगाउन निर्देशन दिएको सो अखबारमा उल्लेख छ।

    लोकतन्त्र समर्थक मिडियामा हङकङ प्रहरीको छापा, ६ पक्राउ

    हङकङः हङकङ प्रहरीले लोकतन्त्र समर्थक मिडिया कार्यालयमा छापा मारेको छ। षड्यन्त्रमुलक सामग्री प्रकाशन गरेको भन्दै प्रहरीले बुधबार बिहान लोकतन्त्र समर्थक अनलाईन मिडिया कार्यालय स्ट्यान्ड न्युजमा छापा मारेको हो।

    छापा मारेसँगै स्ट्यान्ड न्युजमा कार्यरत ६ पत्रकारलाई प्र्रहरीले पक्राउ गरेको छ। देशको सुरक्षा कानुनबाहिर रहेर सो मिडियाले षड्यन्त्रकारी सामग्री प्रकाशन र प्रसारण गर्दै आएको त्यहाँको प्रहरीले जनाएको छ। प्रहरीले छापा मारेपछि हाल सो अनलाइन बन्द भएको बताइएको छ।

    करिब २ सय भन्दा बढि अधिकारीहरुको खोजविनपछि आफूहरु सो मिडियामा छापा मार्न र षड्यन्त्रमूलक सामग्री उत्पादन गर्ने ती पत्रकारहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ। यसअघि हङकङ प्रहरीले यस वर्षको सुरुवातमा सोही आरोपमा एप्पल डेलीमाथि पनि सोहिखाले अपरेसन चलाएको थियो।

    सुडानमा सुनखानी भत्किदाँ कम्तीमा ३८ मजदुरको मृत्यु

    कायरोः सुडानको एक निष्क्रिय सुनखानी भत्किदाँ कम्तीमा ३८ मजदुरको ज्यान गएको छ। सुडानको पश्चिमी क्षेत्र कोर्दोफान प्रान्तमा सञ्चालित निष्क्रिय खानी भत्किादाँ मंगलबार कम्तीमा ३८ मजदुरको ज्यान गएको हो।

    फुजा गाउँमा बन्द गरिएको दर्साया सुनखानी भत्किदाँ त्यहाँ लुकीछिपि काम गरिरहेका कम्तीमा ३८ मजदुरको ज्यान गएको सुडानी मिनरल रिसोर्सेस कम्पनीद्धारा बुधबार जारी विज्ञप्तीमा उल्लेख छ। सो सुनखानी भत्किादाँ अन्य ८ जना घाइते भएको समेत बताइएको छ। सो खानी हाल कार्यात्मक नभए पनि स्थानीयहरु काममा फर्किएको र सोही क्रममा खानी भत्केको कम्पनीले जनाएको छ। घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ।

    यो वर्षकै भ्रष्ट व्यक्तिको सचीमा परे अशरफ घनि

    साराजेवोः अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ घनि यो वर्ष अर्थात् सन् २०२१ का सबैभन्दा भ्रष्ट व्यक्तिहरुको सूचीमा परेका छन्। अर्गनाइजेसन क्राइम एण्ड करप्सन प्रोजेक्ट (ओसीसीआरपी)द्वारा सन् २०२१ का सबैभन्दा भ्रष्ट व्यक्तिको सुचीमा घानी परेका हुन्।

    ओसीसीआरपी विश्वव्यापी मिडिया आउटलेट्सको लागि काम गर्ने एक गैर नाफामुखी खोजमुलक समाचार रिपोर्टिङ प्लेटफर्म हो। सो मिडिया प्लेटफर्मद्धारा हालै जारी रिपोर्टमा घनी भ्रष्ट व्यक्तिको सूचीमा परेका हुन्।

    समस्या र मृत्युको मुखमा पुगेका आफ्ना नागरिकको साथ छोडेको र भ्रष्ट एवं अयोग्य भएको कारण घनी सो सूचीमा परेको ओसीसीआरपीले बताएको छ।

    ओसीसीआरपीको रिपोर्टअनुसार सो सूचीमा बेलारुसका राष्ट्रपति अलेक्जान्द लुकाशेको भ्रष्ट व्यक्तिको शीर्ष स्थानमा परेका छन्। लुकाशेको बाहेक सिरियाली राष्ट्रपति बसर अल असद, टर्कीका राष्ट्रपति रेसिप तैयप एर्दोगान र पूर्व अष्ट्रियाली चान्स्लर सेबेस्टियन कुर्जसमेत सो सूचीमा सामेल छन्।

    इजरायलका रक्षामन्त्री र प्यालेस्टेनी राष्ट्रपतिबीच भेट

    जेरुसेलमः इजरायली रक्षामन्त्री र प्यालेष्टेनी राष्ट्रपतिबीच लामो समयपछि पहिलो पटक भेटवार्ता भएको छ। रक्षामन्त्री बेनी गान्ज र राष्ट्रपति मोहमौद अब्बासविच लामो समयपछि मंगलबार साँझ भेटबार्ता भएको हो।

    इजरायलका नयाँ प्रधानमन्त्री नफतली बेनेटले सत्ताधारण गरेपछि पहिलो पटक इजरायलको भ्रमणमा रहेका प्यालेस्टेनी राष्ट्रपति अब्बासले रक्षामन्त्री गान्जसँग भेटबार्ता गरेको स्थानीय मिडियामा समाचार छ।

    सो भेटवार्तामा दुई पक्षविचको तनाव सुधार्ने र इजरायलले आफ्नो कब्जामा लिएको वेस्ट बैंक क्षेत्रमा शान्ति कायम गराउनेबारे छलफल भएको बताइएको छ। पछिल्लो समय वेस्ट बैंक क्षेत्रमा श्रृंखलाबद्ध रुपमा विभिन्न हिंसा र आक्रमणका घटनाहरुले चरम रुप लिइरहेको छ। सो क्षेत्रमा प्यालेस्टेनी नागरिकमाथि इजरायल सेनाले आक्रमण गरिरहेको बताइएको छ।

    बाँध भत्किदाँ ब्राजिलका ११६ शहर डुबानमा

    ब्राजिलियाः ब्राजिलको उत्तरपूर्वी बाहिया प्रान्त र वरिपरिका करिब ११९ शहरहरु अझै डुबानमा परेका छन्। सो प्रान्तमा बाँध भत्किएको तीन दिन वितिसक्दापनि करिब ११९ शहरहरु अझै डुबानमा परेका हुन्।

    नोभेम्बर अन्तिमदेखिको निरन्तर वर्षापछि बाहिया प्रान्तमा केहि दिनअघि दुईवटा बाँध भत्किएका थिए। सो बाँध भत्किएपछि र वर्षासँगै आएको बाढिपछि सो क्षेत्रमा मंगलबारसम्म २१ मानिसले ज्यान गुमाएका थिए भने करिब ३५८ मानिस घाइते बनेका थिए। बुधबारसम्म करिब ११६ शहरका करिब ४ लाख ७० हजार मानिस प्रभावित भएको अन्र्तराष्ट्रिय मिडियामा खबर छ।

    सो बाढी र डुबानपछि प्रान्तिय सरकारले केहि दिनसम्मको लागि संकटकाल घोषणा गरेको छ। सरकारी रिपोर्टअनुसार हालसम्म करिब ३५ हजार मानिस घरबारबिहिन बनेका छन भने ४३ हजार मानिस विस्थापित बनेका छन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend