१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

रेडक्रसमा भागबण्डामा नयाँ कार्य समिति गठन, को को परे ?


जनमञ्च संवाददाता
  • १५ पौस २०७८ , बिहिबार

  • रेडक्रसमा भागबण्डामा नयाँ कार्य समिति गठन, को को परे ?

    काठमाडौं, १५ पुस – सरकारले नेपाल रेडक्रस सोसाइटीको डाक्टर नेत्रप्रसाद तिमल्सीनाको अध्यक्षता रहेको कार्यसमिति भंग गर्दै भागबण्डामा  नयाँ समिति बनाएको छ ।

    सत्तारुढ गठबन्धनका दलबीच भागबण्डामा गठन भएको नयाँ समितिको सभापतिमा सुर्दशन नेपाल चयन भएका छन् । उनी गृहमन्त्री बालकृष्ण खाँडको गृहजिल्ला रुपन्देहीका नेपाली कांग्रेसको कोटाबाट रेडक्रसको सभापति भएका हुन् ।

    महामन्त्री भूपतिलाल श्रेष्ठलाई तोकिएको छ । उनी नेकपा (एकीकृत समाजवादी)को तर्फबाट महामन्त्री भएका हुन्, श्रेष्ठ तेह्थुमका हुन् । कोषाध्यक्ष नेकपा माअ‍ोवादी केन्द्रको भागमा परेको छ । कृष्णगोपाल लागेजु कोषाध्यक्षमा मनोनित भएका छन् ।

    उपाध्यक्ष नुवाकोटका विष्णु नेपाल र अर्घाखाँचीकी राधा नेपालीलाई बनाइएको छ । नेपाल कांग्रेस र नेपाली माओवादी कोटाबाट आएका हुन् । उप कोषाध्यक्ष भगवनी शर्मा तथा सदस्यहरुमा विनोद बस्नेत, मनोज थापा लगायत २९ सदस्यीय समिति बनाइएको छ । कार्यसमितिमा कांग्रेस, माअ‍ोवादी केन्द्र, नेकपा(एस), जनता समाजवादी पार्टीलाई भागशान्तिमा बाडिएको छ ।

    तत्कालिन सरकारले रेडक्रस सोइसाटी चरम भ्रष्टाचारमा फसेपछि २०७७ साउन १२ गते संजिव थापाको अध्यक्षतामा रहेको समिति विघटन गरेर तिमल्सीनाको अध्यक्षता नयाँ समिति बनाएको थियो।

    सरकारलाई जानकारी नदिई १६ अर्ब रुपैयाँ विदेशी सहायता लिएको, भक्तपुरमा जग्गा खरिदमा अनियमतता गरेको, रेडक्रसको केन्द्रीय कार्यालय, शाखा र उपशाखाको चल–अचल सम्पत्तिको दोहन गरी अनियमितता गरेको, समाज कल्याण र जिल्ला प्रशासनको निर्देशन पालना नगरेको, विधान तथा कानुन विपरीत काम गरेको, पदाधिकारीले आफ्नो पारिश्रमिक लिएको आरोपमा थापा सभापति भएको कार्यसमिति विघटन गरिएको थियो । थापाले लामो समय रेडक्रसमा एकछत्र राज गरेका थिए ।
    थापालाई हटाएर तत्कालिन विपक्षी दल नेपाली कांग्रेसका १४ र  तत्कालिन नेकपाका १९ राखेर ३३ सदस्यीय कार्यसमिति बनाइएको थियो तर अहिले समितिमा विपक्षी दल एमाले बाहेक सत्तारुढ दलका मात्रै सहभागी गराए नयाँ समिति बनाइएको छ । रेडक्रस जस्तो सामाजिक संस्थामा भागबण्डा हुन दुर्भाग्य भएको अघिल्लो कार्यसमितिका एक सदस्यले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend