८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

मुख्यमन्त्री पोखरेलद्वारा तमु ल्होसारको शुभकामना: ‘बहुसाँस्कृतिक विविधतायुक्त हाम्रो मुलुकको सबैभन्दा सुन्दर पक्ष’


जनमञ्च संवाददाता
  • १५ पौस २०७८ , बिहिबार

  • मुख्यमन्त्री पोखरेलद्वारा तमु ल्होसारको शुभकामना: ‘बहुसाँस्कृतिक विविधतायुक्त हाम्रो मुलुकको सबैभन्दा सुन्दर पक्ष’

    पोखरा, १५ पुस – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बहुधार्मिक, बहुभाषिक, बहुजातीय र बहुसाँस्कृतिक विविधतायुक्त हाम्रो मुलुकको सबैभन्दा सुन्दर पक्ष सर्वस्वीकार्य र सहअस्तित्व रहेको बताएका छन् ।

    गुरुङ समुदायको नयाँ वर्ष एवं सबैभन्दा ठूलो पर्व तमु ल्होसारका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले विविध समुदायले बनाउने पर्वहरुले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको डोरीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छ ।

    उनले यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्यको कामना गरेका छन् । नेपालको संविधान २०७२ को महत्वपूर्ण उपलब्धि लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता रहेको भन्दै मुख्यमन्त्री पोखरेलले गुरुङ समुदायले परम्परादेखि पुस १५ का दिन मनाउँदै आएको यस पर्व नेपाली सांस्कृतिक परम्पराका लागि उदाहरणीय रहेको उल्लेख गरेका छन् ।

    गुरुङ समुदायको परम्परागत पात्रो अनुसार पुस १५ गते अर्थात् ल्सोसार नयाँ वर्षको दिन हो । यस दिनमा आफन्त, कुलकुटुम्बसँग भेटघाटका साथै भोजभतेर खुवाउने तथा शुभकामना आदान प्रदान गर्ने चलन छ । नेपालमा गुरुङ समुदायले धेरै पहिलादेखि संस्कृति र परम्पराको संरक्षण गर्दै आएको छ ।

    उनले भनेका छन्, ‘यस पर्वले अझै उक्त समुदायको मौलिक परम्परा र सांस्कृतिक महत्वको पक्षलाई उजागर गर्ने छ । सबै नेपालीबीच आपसी प्रेम, वन्धुत्व र एकताको भावना बढाएर शान्त अनि समृद्ध नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गर्नेछ भन्ने कामना गर्दछु ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend