८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

कांग्रेसले तोक्यो सवै नेताको वरीयताक्रम, देउवापछि खड्का, अन्तिममा को ? (विवरणसहित)


जनमञ्च संवाददाता
  • १५ पौस २०७८ , बिहिबार

  • कांग्रेसले तोक्यो सवै नेताको वरीयताक्रम, देउवापछि खड्का, अन्तिममा को ? (विवरणसहित)

    काठमाडौं, १५ पुस – नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरीयता तोकेको छ।

    सभापति शेरबहादुर देउवा पहिलो नम्बरमा छन्। कांग्रेसले पदाधिकारी,  यो केन्द्रीय समितिमा निर्वाचित भएका पूर्वपदाधिकारी र अहिले निर्वाचित केन्द्रीय सदस्यहरूलाई क्रमश: वरीयतामा मिलाएर राखेको छ।

    दोस्रो वरीयतामा उपसभापति पूर्णबहादुर खड्का र तेस्रोमा धनराज गुरूङ छन्। महामन्त्री गगन थापा चौंथो नम्बरमा छन् भने विश्वप्रकाश शर्मा उनको पछाडि छन्।

    ८ सहमहामन्त्रीमध्ये फरमुल्लाह मन्सुर सबैभन्दा अगाडि छन्।

    कांग्रेसले कोषाध्यक्ष मनोनीत गर्नुअघि नै वरीयता टुंग्याएको हो। सभापतिमा शेरबहादुर देउवासँग पराजित शेखर कोइरालाको वरीयता २० औं नम्बरमा छ।

    १३५ सदस्यीय केन्द्रीय समितिमा सबैभन्दामा अन्तिममा जीवन राना छन्। यीमध्ये १३४ जना महाधिवेशनबाट निर्वाचित भएका हुन् भने शेखर कोइराला स्वत: केन्द्रीय सदस्य बनेका हुन्।

    कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित व्यक्तिभन्दा दोस्रो बढी मत ल्याउने व्यक्ति स्वत: कार्यसमिति सदस्य हुन्छ। कांग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हो। बाँकी ३३ जना सभापति देउवाले मनोनीत गर्न बाँकी छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend