२७ भाद्र २०८३ , शनिबार

२७ भाद्र २०८३ , शनिबार
  • २७ भाद्र २०८३ , शनिबार
  • September 12 2026

तीन वटा जहाज आलु भरेर जापान पठाइयो


जनमञ्च संवाददाता
  • १६ पौस २०७८ , शुक्रबार

  • तीन वटा जहाज आलु भरेर जापान पठाइयो

    टोक्यो – अमेरिकी फास्ट फुड कम्पनी म्याकडोनाल्ड्सले जापानमा आलु संकट कम गर्न आलुले भरिएका तीन वटा विमान जापान पठाएको छ। म्याकडोनाल्ड्सले तत्कालिन आलु संकट कम गर्न हालै आलुले भरिभराउ तिनवटा विमान जापान पठाएको हो।

    पछिल्लो समय जापानमा आलु अभावका कारण जापानमा सञ्चालित म्याकडोनाल्डस् रेष्टुरेन्टले आलुका परिकार पकाउन छोडेको समाचार बाहिरिएको थियो। आलु अभावकै कारण सर्बाधिक लोकप्रिय फ्रेन्च फ्राइज, चिप्स लगायत आलुका परिकारसमेत बन्न छोडेपछि सो कम्पनीले तत्कालिन आलु संकट कम गर्न विमानमार्फत आलु पठाएको जनाएको छ।

    ‘हामीले तत्कालीन आलु आपुर्तीको लागि तीन वटा विमान लोड गरेर जापा पठाएका छौं। जापानमा आलु अभावका कारण फ्रेन्च फ्राइज र अन्य आलुका परिकारहरु बन्न छोडेकोले हामीले सहयोग स्वरुप विमानमार्फत् जापानमा आलु पठाएका हौं,’ म्याकडोनाल्ड्सका सिइओ रियान पिटर्सनले ट्वीटरमार्फत् भनेका छन्।

    Tags :
    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend