२६ भाद्र २०८३ , शुक्रबार

२६ भाद्र २०८३ , शुक्रबार
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

दृश्यमा सन २०२१


जनमञ्च संवाददाता
  • १७ पौस २०७८ , शनिबार

  • दृश्यमा सन २०२१
    ग्रिसकी गायिका स्टेफनियाले मे महिनामा नेदरल्यान्डको रोटरडममा सम्पन्न युरोभिजन गीत प्रतियोगिताको फाइनलमा हरियो स्क्रिन विशेष प्रभावहरू प्रयोग गरेर प्रस्तुत गरेको अन्तिम नृत्य। प्रतियोगिता इटालीको रक ब्यान्डले जितेको थियो। तस्बिर : रोयटर्स

    अन्टार्कटिकामा जेन्टु पेन्गुइनहरू एक पुरानो ह्वेल माछाको अवशेषको वरिपरि गुँड बनाएर बस्दै। यहाँ जाडोको तापक्रम सन् १९५० यता ६ डिग्री सेल्सियस रहने गरेको छ। तस्बिर : पेसचक

    महामारी सुरु भएयता भारतमा प्रतिदिन ३ लाख ५० हजारसम्म कोभिड—१९ बाट संक्रमित भए। कोभिडका कारण मृत्यु हुनेका शवहरू शवदाह स्थलमा जलाइँदै। तस्बिर : द न्युयोर्क टाइम्स

    आइसल्यान्डको राजधानी रेक्जाभिक नजिक फरग्रडल्सजल ज्वालामुखीबाट अगस्टमा निस्किएको लाभा। ज्वालामुखी आठ सयभन्दा बढी वर्षपछि मार्चमा पहिलो पटक विस्फोट हुन थालेको थियो। तस्बिर : गेट्टी इमेज

    घेराबन्दी गरिएको गाजाको एक भवनमा इजरायली हवाई आक्रमणबाट भएको विस्फोटका कारण फैलिएको धुवाँ र धूलो। उक्त विस्फोट मुसलमानको पवित्र महिना रमजानका बेला भएको थियो। तस्बिर : एपी

    धेरै वर्षदेखि विनाशकारी खडेरीमा फसेको इथियोपियामा २०२१ को वर्षा निराशाजनक रह्यो। सोमाली सीमा नजिकै पानी परेको हल्ला सुनेर यी ऊँट गोठालाहरू १२ दिन हिँडेर त्यहाँ ऊँट चराउन ल्याए र १२ दिन नै हिँडेर आफ्नो घर नजिकैको इनारबाट पानी निकाल्न गए। तस्बिर : लिन्से अड्डारियो
    सेप्टेम्बरमा सूर्यास्तका बेला ग्रिनल्यान्डको इलुलिसट नजिकै जाकोबसभन्स आइस फोर्डमा देखिएका आइसबर्गहरू। तस्बिर : रोयटर्स

    अक्टोबरमा इजरायलको नेगेभ मरुभूमिमा रहेको रामोन क्रेटरमा स्पेससुटमा दुई अन्तरिक्ष यात्री। उनीहरू भविष्यमा मंगल ग्रहमा अवतरणको तयारीका लागि डिजाइन गरिएको एक मिसनका क्रममा छन्। तस्बिर : एएफपी

    फ्लोरिडाको मियामी नजिकै रहेको सर्फसाइडमा १२ तले अपार्टमेन्ट ध्वस्त हुँदा उद्धारमा खटिएका टोली। जुन २४ मा भएको उक्त घटनामा ९८ जनाको मृत्यु भएको थियो। तस्बिर : एएफपी

    अमेरिका–मेक्सिको सीमामा सेप्टेम्बर १९ मा आप्रवासीहरूलाई टेक्सास प्रवेश गर्नबाट रोक्ने क्रममा अमेरिकी सीमा गस्ती प्रहरीले एक हाइटियन नागरिकको टिसर्ट पक्रेर उनलाई रोक्न खोज्दै। त्यहाँको होमल्यान्ड सेक्युरिटी विभागले यसमा अनुसन्धान गरिरहेको छ।  तस्बिर : एएफपी/गेट्टी इमेज

    वृक्षरोपणका लागि अर्जेन्टिना ल्याइएका गैर नेटिभ पाइनका रुखहरू अनियन्त्रित ढंगमा बढ्दै। यसले पाटागोनिया क्षेत्रमा कमजोर पारिस्थितिक प्रणाली सिर्जना गरेको छ। तस्बिर : एलिज्यान्ड्रो चस्किलबर्ग

    सेप्टेम्बरमा मृत्यु हुनुअगाडि आफूलाई स्याहार्ने व्यक्ति एन्ड्री बाउमाको काखमा कंगोको भिरुंगा पार्कको एक अनाथ गोरिल्ला। सिकारीले उनका बाबुआमाको हत्या गरेकाले उनलाई अनाथालयमा हुर्काइएको थियो। तस्बिर : गेट्टी इमेज 

    अमेरिकामा राष्ट्रपति निर्वाचित जो बाइडेनको विजयको पुष्टिको तयारी भइरहँदा जनवरी ६ मा पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरू ह्वाइटहाउसको पश्चिमी पर्खाल चढ्दै। तस्बिर : एपी

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend