९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

देउवाले निर्वाचनमा पराजितसहित १० जनालाई गरे केन्द्रीय सदस्य मनोनीत


जनमञ्च संवाददाता
  • १७ पौस २०७८ , शनिबार

  • देउवाले निर्वाचनमा पराजितसहित १० जनालाई गरे केन्द्रीय सदस्य मनोनीत

    काठमाडौं, १७ पुस – नेपाली कांग्रेसको चौधौं महाधिवेशन समाप्त भएसँगै पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिमा १० जनालाई मनोनयन गरेका छन् ।

    कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम पार्टी सभापतिले केन्द्रीय कार्यसमितिमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई मनोनयन गरेका कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

    देउवाले मनोनीत गरेकामध्ये गच्छदार,महत र कोइराला महाधिवेशनमा पराजित उम्मेद्वारहरू हुन् । गच्छदार र कोइराला उपसभापतिमा र महत महामन्त्रीमा पराजित भएका थिए ।

    देउवाले महाधिवेशन प्रतिनिधिहरुबाट ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्न पाउँछन् । मनोनयनमध्ये सिंह र निधि देउवासंगै पार्टी सभापतिमा प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणको निर्वाचनमा ५० प्रतिशत नकटेपछि भएको दोस्रो चरणको निर्वाचनमा उनीहरुले देउवालाई सघाएका थिए । पौडेल, सिटौलासहितका अन्य नेताहरु चुनावी प्रतिस्पर्धामा थिएनन् ।

    सभापतिका मुख्य प्रत्यासी शेखर कोइराला भने स्वत: केन्द्रीय सदस्यमा मनोनयन हुने प्रावधान छ । सभापतिको निकट्म प्रतिद्धन्दी स्वत: सदस्य हुने प्रावधान विधानमा राखिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend