१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

पोखरामा यसरी मनाइयो टोपी दिवस: ‘हाम्रो टोपी हाम्रो शान’


जनमञ्च संवाददाता
  • १८ पौस २०७८ , आइतबार

  • पोखरामा यसरी मनाइयो टोपी दिवस: ‘हाम्रो टोपी हाम्रो शान’

    पोखरा, १८ पुस – नेपाली टोपी प्रतिष्ठान गण्डकीको आयोजनामा नवौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस शनिबार पोखरामा मनाइएको छ । ‘हाम्रो टोपी हाम्रो शान’ भन्ने उद्देश्यका साथ मनाइएको दिवसमा गण्डकी प्रदेशका मन्त्री तथा नेपाल घुम्न आएका पर्यटकहरुलाई नेपाली टोपी लगाइएको प्रतिष्ठानका अध्यक्ष महेश्वर सिंह भण्डारीले जानकारी दिए ।

    गत वर्ष लिपुलेक र कालापानीको विषय उठाएको प्रतिष्ठानले यस वर्ष नेपाली टोपीको पहिचान र सम्बद्र्धन गर्न राज्यले प्रमुख भूमिका खेल्नुपर्ने कुरामा जोड दिएको छ । गण्डकी प्रदेशका सूचना, सञ्चार तथा प्रदेश मामिला मन्त्री मा विन्दुकुमार थापा, शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री राजीव गुरुङलगायतलाई नेपाली टोपी लगाइएको थियो ।

    त्यस्तै, गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, गण्डकी प्रदेशका प्रहरी प्रमुख दिवेश लोहनी, प्रमुख जिल्ला अधिकारी कास्कीका प्रमुख जय नारायण आचार्य, सहायक प्रमुख कृष्णचन्द्र पौडेल तथा अनिल कुमार शाही, उप अनुसन्धान निर्देशक मनोज ढकाल, पूर्व राष्ट्रिय खेलाडी उपेन्द्रमान सिंह, रेबान पोखराका अध्यक्ष लक्ष्मण बराल, टानका निवर्तमान अध्यक्ष हरि भुजेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी लगायतलाई नेपाली टोपी लगाएको थियो ।

    त्यस्तै अंग्रेजी नयाँ वर्ष मनाउन पोखरा आएका अन्तर्राष्ट्रिय पर्यटक हरुलाई पनि नेपाली टोपी लगाउदै नेपाली मौलिक संस्कृतिबारे जानकारी गराएको थियो । विगत ८ वर्षयता नेपाली युवाहरुले अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ तारिखलाई ढाका टोपी दिवसका रुपमा मनाउँदै आएका छन् ।

    नेपाली टोपी दिवस मनाउनुको प्रमुख उद्देश्य, नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपालीमूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु र राष्ट्रियता बचाउनु रहेको प्रतिष्ठान गण्डकीका सचिव सचिन रानाभाटले बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend