८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

आर्थिक वर्षको शुरूआती कारोबारमा सेयर बजारमा हरियाली


जनमञ्च संवाददाता
  • ३ साउन २०७८ , आइतबार

  • आर्थिक वर्षको शुरूआती कारोबारमा सेयर बजारमा हरियाली

    आर्थिक वर्षको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । प्रि-ओपनिङ सेसनमा ५० कम्पनीको सेयर कारोबार हुँदा ४१ कम्पनीको सेयर मूल्य बढेको थियो । नियमित कारोबार समयको ३० मिनेटसम्ममा नेप्से ५३.३९ अंकले बढेको छ ।

    जसमा १७५ कम्पनीको सेयर मूल्य बढेको छ भने दुईवटा कारोबार भएको छैन भने तीन कम्पनीको मात्रै सेयर मूल्य घटेको छ । ङादी ग्रुप पावर र सिंगटी हाइड्रोपावरको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ ।

    नयाँ सरकार परिवर्तनसँगै एक सातासम्म स्थिरप्राय: रहेको बजार अर्थमन्त्रीको बजारबारेको धारणा पछि राम्रो लयमा फर्किएको जानकारहरु बताउँछन् ।

    शुक्रबार पत्रकारहरुसँगको अन्तरक्रियामा नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले सेयर बजार विकास सरकारको प्राथमिकतामा भएको बताएका थिए । सरकारको राजस्वको राम्रो स्रोतको रुपमा रहेको पूँजीबजारको हितमा काम गर्ने अर्थमन्त्री शर्माले बताएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend