९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

६७ वर्षे प्रचण्ड निर्विरोध अध्यक्ष निर्वाचित


जनमञ्च संवाददाता
  • १९ पौस २०७८ , सोमबार

  • ६७ वर्षे प्रचण्ड निर्विरोध अध्यक्ष निर्वाचित

    काठमाडौं, १९ पुस – आफ्नै राजनीतिक गुरू मोहन वैद्य किरणलाई विस्थापित गर्दै पार्टी नेतृत्वमा पुगेका पुष्पकमल दाहाल प्रचण्ड ३४ वर्षपछि फेरि पनि नेकपा माओवादी केन्द्रका निर्विरोध अध्यक्ष चयन भएका छन् । ललितपुरको एक रिसोर्टमा सोमबार बसेको पहिलो केन्द्रीय कमिटी बैठकबाट ६७ वर्षे प्रचण्ड निर्विरोध अध्यक्ष भएका हुन् ।

    नारायणकाजी श्रेष्ठको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनमा अध्यक्ष प्रस्तावित प्रचण्डलाई दीनानाथ शर्माले निर्विरोध निर्वाचित भएको घोषणा गरे । फेरि पनि अध्यक्ष हुनुलाई प्रचण्डले ‘इतिहासको गम्भीर मोडमा गम्भीर भूमिका खेल्ने अवसर’को रूपमा अथ्र्याएका छन् । पार्टीलाई अझ एकताबद्ध र सुदृढ बनाउन सक्रिय (अन्तिम पटक अध्यक्ष) हुनुपरेको प्रचण्डको प्रष्टोक्ति छ ।

    निर्विरोध नेतृत्व चयनको प्रस्ताव गर्दै वरिष्ठ नेता श्रेष्ठले जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन र गणतन्त्र सहितको संविधान बनाउन नेतृत्व गरेका प्रचण्डको कार्यभार अझै बाँकी रहेको तर्क गरे । श्रेष्ठको प्रस्तावलाई महराको समर्थन र हलबाट अनुमोदन भएपछि आठौं राष्ट्रिय महाधिवेशनको मूल कार्यभार पूरा भएको छ । विशेष महाधिवेशन नभएको वा राजीनामा नदिएको अवस्थामा प्रचण्डले आगामी पाँच वर्ष माओवादी केन्द्रको नेतृत्व गर्नेछन् ।

    निर्विरोध नेतृत्व चयनको प्रस्ताव गर्दै वरिष्ठ नेता श्रेष्ठले जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन र गणतन्त्र सहितको संविधान बनाउन नेतृत्व गरेका प्रचण्डको कार्यभार अझै बाँकी रहेको तर्क गरे । श्रेष्ठको प्रस्तावलाई महराको समर्थन र हलबाट अनुमोदन भएपछि आठौं राष्ट्रिय महाधिवेशनको मूल कार्यभार पूरा भएको छ । विशेष महाधिवेशन नभएको वा राजीनामा नदिएको अवस्थामा प्रचण्डले आगामी पाँच वर्ष माओवादी केन्द्रको नेतृत्व गर्नेछन् ।

    तर प्रचण्डले निर्विरोध अध्यक्ष बन्न जस्तो प्रक्रिया अवलम्बन गरे, त्यसप्रति भने माओवादी केन्द्रकै नेताहरू सन्तुष्ट हुन सकेनन् । ‘हरेक नेतृत्वको विकल्प छ । पुरानै दोहोरिए पनि महाधिवेशन प्रतिनिधिहरुले आफ्नो विवेक प्रयोग पाउनुपर्ने हो’, माओवादी नेता तिलकराज भण्डारी भन्छन् । नेतृत्व दोहोरिदा पनि कार्यकर्ताप्रति जवाफदेही बन्ने अवस्था सिर्जना हुनुपर्ने उनको तर्क छ ।

    हुनपनि प्रचण्ड निर्विरोध अध्यक्ष बनिरहँदा माओवादी केन्द्रले आफ्नै विधानको समेत पालना गरेन । माओवादीको पदाधिकारी चयन गर्ने अधिकार महाधिवेशन प्रतिनिधिहरूबाट निर्वाचित केन्द्रीय सदस्यलाई दिएको छ । तर प्रचण्ड निर्विरोध अध्यक्ष भइरहँदा केन्द्रीय समितिले पूर्णता पाउनै बाँकी छ ।

    ११ पुसमा कम्युनिष्ट नेता माओको १२८औं जन्मदिवस पारेर शुरू भएको महाधिवेशन समापण गर्दै आइतबार प्रचण्डले २३६ केन्द्रीय सदस्यको नामावली वाचन गरेका थिए । जबकी माओवादी विधानले २९९ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend