८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

राष्ट्रिय सभा सदस्य निर्वाचन: गण्डकीमा एमालेको उम्मेदवारी दर्ता


जनमञ्च संवाददाता
  • २० पौस २०७८ , मंगलबार

  • राष्ट्रिय सभा सदस्य निर्वाचन: गण्डकीमा एमालेको उम्मेदवारी दर्ता

    पोखरा, २० पुस – राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

    स्याङ्जाका अर्जुनकुमार सुनाम, कास्कीका पुण्यप्रसाद पौडेल र महिलामा नवलपुरकी लीला थनेतले मनोनयन दर्ता गराएको एमाले प्रदेश सचिव धनञ्जय दवाडीले जानकारी दिए ।

    गण्डकीमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी कमला पन्त, माओवादीका सुरेश आलेमगर र भुवन सुनारले दिउँसो एक बजे मनोनयन दर्ता गराउने कांग्रेस गण्डकी प्रदेश महामन्त्री विष्णु लामिछानेले जानकारी दिए ।

    गण्डकी प्रदेशमा ८५ स्थानीय तहका १७० र ६० सदस्यीय प्रदेश सभाका ५९ गरी २ सय २९ जना मतदाता छन् । गण्डकीमा ५ दलीय गठबन्धनसँग एमाले ६ सय ९६ मतभारले पछाडि छ ।
    राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ १२ गते हुँदैछ । त्यसका लागि आज सबै प्रदेशहरुमा मनोनयन दर्ताको कार्यक्रम छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend