९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
संगठन विस्तारदेखि रोजगारी सिर्जना गर्नेसम्मका नारा

बागलुङ एमालेका तीन आकाँक्षीले सुनाए आफ्ना योजना


जनमञ्च संवाददाता
  • २१ पौस २०७८ , बुधबार

  • बागलुङ एमालेका तीन आकाँक्षीले सुनाए आफ्ना योजना

    बागलुङ, २१ पुस – नेकपा एमाले बागलुङको आसन्न ९ औं जिल्ला अधिबेशनमा अध्यक्षका दावेदार ३ जना उम्मेदवारहरुले आफु अध्यक्ष हुदाँ आगाामी कार्यकालका लागि कार्ययोजना प्रस्तुत गरेका छन् । मंगलबार प्रेस चौतारी नेपाल बागलुङ शाखाले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममार्फत दावेदारहरुले पार्टीको सुदृढीकरण, संगठित सदस्यता वृद्धिदेखि बिकास निर्माणका काममा भूमिका सम्मका कार्योयोजना प्रस्तुत गरेका हुन् ।

    कार्यवाहक अध्यक्ष कृष्ण पाठक, गण्डकी प्रदेश कमिटीका सदस्य हिराबहादुर केसी र ममता शर्मा अध्यक्षको दौडमा रहेका छन् । यसअघि नै नेतृत्वमा पुगेका र हाल बागलुङ नगरपालिकाका मेयर जनकराज शर्मा पनि अध्यक्षको दौडमा थिए । तर, उनले सर्वसम्मत भएमात्रै आफू अध्यक्ष हुने भन्दै संवादमा सहभागिता जनाएनन् ।

    अध्यक्षकी आकांक्षी ममतादेवी शर्माले आगामी तीन वर्षमा पार्टीको संगठित सदस्यता २० हजार पु¥याउने योजना प्रस्तुत गरिन् । वडामा प्रशिक्षण, जनजवर्गीय संगठनमा जाँगर ल्याउने, समावेशी पार्टी बनाउने, वार्षिक कार्ययोजना निर्माण र कार्यान्वयन गर्ने, अग्रजहरुको जीवनी प्रकाशन गर्ने, आयआर्जनका कार्यक्रम ल्याउने, विद्यार्थी संगठन निर्माण गर्ने, कम्युनिष्ट पार्टीहरुकै बीचमा समन्वय गरेर निर्वाचनमा जाने, पार्टी कार्यालय निर्माण गर्नेदेखि दुर्गमका कार्यकर्ता सदरमुकाम आउँदा खानेबस्ने बन्दोबस्तसहितको होस्टल सञ्चालनसम्मका योजना शर्माले सुनाइन् ।

    पार्टीमा संरक्षण कोष स्थापना गरेर पार्टी काम र आन्दोलनको सिलसिलामा घाइते, अपांगता भएकाहरुको उपचार खर्चको व्यवस्थापन गर्नेसम्मका १८ वटा योजना बनाएर आफू अध्यक्षको दौडमा लागेको शर्माले बताइन्् ।

    अध्यक्षका आकांक्षी हिराबहादुर केसीले पार्टीभित्र रहेको सांगठनिक अराजकता अन्त्य गर्न आफ्नो उम्मेदवारी रहने बताए । चुस्त संगठित सदस्य १२ हजार पु¥याउने योजना बनाएका केसीले विभिन्न जनसंगठनहरुमा ६० हजार युवा, महिला, विद्यार्थी तथा वयस्कहरुलाई संगठित गर्ने योजना सुनाए ।

    जिल्लाको समग्र विकासमा भूमिका खेल्ने उल्लेख गर्दै केसीले आफु अध्यक्ष हुँदा ५ सयजना युवालाई स्वरोजगार बनाउने र विदेशमा रहेका पाँच सय युवालाई आफ्नो कार्यकाल भित्र गाउँ फर्काउने बताए । जिल्लाका सबै स्थानीय तहमा एमालेको ४० प्रतिशत जित सुनिश्चित गराउने भन्दै संघीय र प्रदेश क्षेत्रमा ५० प्रतिशत सिट जित्ने आधार तयार गर्ने बताए । संगठित सदस्यता वितरणमा रहेको समस्या र सक्रिय कार्यकर्ता तयार गर्नेमा उनको जोड थियो ।

    अध्यक्षका अर्का आकांक्षी कार्यवाहक अध्यक्ष कृष्ण पाठकले युवा र वयष्यकहरुको मिश्रण पार्टीमा आवश्यक रहेको भन्दै त्यसैका लागि आफ्नो उम्मेदवारी रहने बताए । ११ जना जिल्ला अध्यक्ष भोगेको पाको, अनुभवी र क्षमतावान राजनीतिक व्यक्ति भएकाले आफू अध्यक्ष हुनुपर्ने तर्क पाठकको छ ।

    नेतृत्व भावना र उत्तेजनाले नथेग्ने भन्दै भावना र उत्तेजना विनाको नेतृत्वका लागि आफू तयार रहेको पाठकले बताए । संगठन बिस्तारको योजना पाठकले सुनाए । संगठनमा रहेको अराजकता हटाउनकै लागि आफू नेतृत्वमा पुग्नुपर्ने उनको तर्क थियो । प्रेस चौतारी बागलुङका अध्यक्ष उमाकान्त शर्माको अध्यक्षता, उपाध्यक्ष नविन शिशिरको स्वागत र सचिव सिर्जना पन्तको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    पार्टीको जिल्ला उपाध्यक्षमा सहकारीकर्मी रामबहादुर जिसी, बागलुङ नगरपालिका-५ मालिकाका वडा अध्यक्षसमेत रहेका नेता शिव सापकोटा र पश्चिम बागलुङका नेता गणेश थापाले आकांक्षा राखेका छन् ।

    सचिवका लागि हालका सचिव बिष्णु भुसाल र यस अघिको अधिबेशनमा उपसचिवमा पराजित भएका युवा नेता नेत्र बिष्टले आकांक्षा राखेका छन् ।

    सबैभन्दा धेरै आकाँंक्षी उप–सचिवमा छन् । ढोरपाटन नगरपालिकाकी उप–प्रमुख करमती पुन, बागलुङ नगरपालिका–९ का वडाअध्यक्ष गाणेश थापा, गलकोट नगरपालिका–११ का वडाअध्यक्ष डम्मबर बहादुर श्रीष, काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछाने, ८ की अध्यक्ष चित्रकला श्रीष, जिल्ला समन्वय समितिका सदस्य राजु केसी र नेता राम बहादुर जिसीले उपसचिवमा आकांक्षा राखेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend