बागलुङ, २६ पुस – नेकपा एमाले बागलुङको अध्यक्षमा युवा नेता १० बुँदे सहमतीका पक्षधर नेता हिरा बहादुर केसी निर्वाचित भएका छन् । केसीले आफ्ना प्रतिद्वन्द्वी कावा अध्यक्ष कृष्ण पाठकलाई १०१ मतको अन्तरमा पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । केसीले ३ सय २९ मत र पाठकले २ सय २८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
एमाले बागलुङको उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुषाल यस अघि नै निर्विरोध निर्वाचित भएका थिए । २ जना उपसचिवका लागि भएको निर्वाचनमा २९९ मत प्राप्त गरी गणेश थापा र २२८ मत प्राप्त गरी डम्मर श्रीस विजयी भएका छन् । पदाधिकारीमा निर्वाचित सवै १० वुँदे पक्षधर हुन् । अध्यक्ष केसीसहित उनीहरु सवैलाई एमालेका उपमहासचिव तथा गण्डकीका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको साथ रहेको थियो ।
आईतवार भएको मतदानबाट २४ जना खुल्लातर्फका जिल्ला सदस्यहरु पनि विजयी भएका छन् । खुला सदस्यमा काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापाले सबैभन्दा बढी ४ सय २७ मत प्राप्त गरी विजयी भएका छन् । अधिवेशनमा थापा म्यान अफ द इलेक्सन भएका हुन् ।
अन्य खुल्ला सदस्यहरुमा शेखर खड्का, रुद्र पौडेल, सम्पन्न श्रेष्ठ, अनन्त बहादुर खड्का, नेत्र बहादुर बिष्ट, प्रेम लामिछाने, बालकृष्ण शर्मा, पुनम प्रसाद शर्मा, इश्वरलाल राजभण्डारी, पवित्रा रोका, लोकेन्द्र बहादुर केसी, भुपेन्द्र खड्का,, यम बहादुर श्रीस थापा, शिव शर्मा, दिपक गौतम, रुद्र बहादुर महत क्षेत्री, सन्दिप खड्का, खिम बहादुर थापा मगर, प्रेम बहादुर केसी, चन्द्र गणेश, जित बहादुर क्षेत्री राजन, कृष्ण अधिकारी र खगेन्द्र पौडेल विजयी भएको एमालेले जनाएको छ ।
भुगोलतर्फ काँठेखोला गाउँपालिकाबाट खीम बहादुर कार्की र खुम बहादुर भण्डारी विजयी भएका छन् । अल्पसंख्यकतर्फ ढालेन्द्र शेरचन र ताल बहादुर छन्त्याल विजयी भएका छन् ।
१०५ सदस्यीय जिल्ला कमिटीमा अन्य सवै पदमा निर्विरोध निर्वाचित भएका थिए ।