काठमाडौं,२६ पुस – नेपालमा कोरोना संक्रमण ७५ जिल्लामा देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्यांकले काेराेना संक्रमण विस्तार हुन दुई जिल्लामात्र बाँकी रहेकाे देखाउँछ ।
तथ्यांक हेर्दा मुस्ताङ र मुगुमा मात्र कोरोना संक्रमणको शून्य संक्रमण रहेको छ । एक हप्ताअघि अर्थात् पुस १९ गते भने सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरामा कोरोना संक्रमणको संख्या शून्य थियो ।