२८ भाद्र २०८३ , आइतबार

२८ भाद्र २०८३ , आइतबार
  • २८ भाद्र २०८३ , आइतबार
  • September 13 2026

लकडाउनको बाटो रोज्न हुँदैन : अर्थमन्त्री शर्मा


जनमञ्च संवाददाता
  • २६ पौस २०७८ , सोमबार

  • लकडाउनको बाटो रोज्न हुँदैन : अर्थमन्त्री शर्मा

    काठमाडौं,२६ पुस – अर्थमन्त्री जनार्दन शर्माले अब मुलुकले कुनै पनि हालतमा पनि लकडाउनको बाटो रोज्न नहुने बताएका छन्। सोमबार बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को दोस्रो वार्षिक साधारणसभामा बोल्दै शर्माले अहिलेको विकराल आर्थिक संकटको मुख्य कारण नै कोरोना महामारीबाट सिर्जित लकडाउन भएको बताए।

    लकडाउनको कारण अहिले आर्थिक क्षेत्र प्रभावित भएको भन्दै मन्त्री शर्माले अब फेरि पनि लकडाउन भए अर्थतन्त्रले धान्न नसक्ने बताए। उनले अब लकडाउन नभएर उचित रूपमा सुरक्षाका उपायहरू अपनाएर अर्थतन्त्रलाई चलायमान बनाउने प्रस्ट पारे।

    ‘अहिले कोरोना संक्रमण विस्तारै बढ्दै गएकाले अर्थतन्त्रको विषयमा सबैले चिन्ता व्यक्त गर्न थालेका छन्। यो चिन्ता भनेको फेरि लकडाउन हुने हो भन्ने हो। तर, हाम्रो बीचमा चुनौतीहरू धेरै छन्। अहिले पनि कोरोनाको कारण लकडाउन हुने आशंका भइरहेका छन्। अब हामी लकडाउनको बाटो अपनाउनुहुँदैन,’ मन्त्री शर्माले भने, ‘हामी कसरी सुरक्षित हुने उपायहरू खोज्न जरुरी छ। कोरोनाको कारण दुई वर्ष थलिएको अर्थतन्त्र चलायमान हुने लागेको अवस्थामा छ। यस विषयमा सरकार लकडाउन होइन सुरक्षित गर्ने उपायमा केन्द्रित हुन्छ।’

    त्यस्तै, अर्थमन्त्री शर्माले अहिले बाहिर हल्ला भए जस्तो अर्थतन्त्र संकटतर्फ उन्मुख नभएको बताए। उनले अर्थतन्त्रमा धेरै चुनौतीहरू रहेको तर संकट भने नरहेको बताए। मन्त्री शर्माले अहिले बजारले तरलताको समस्या भोगिरहेको बताए। उनले माघ महिनाभित्र तरलता अभावको समस्या समाधान हुने प्रस्ट पारे।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend