९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
जारी भए यस्ता प्रतिबन्ध

२५ जनाभन्दा बढी भेला हुन गृह मन्त्रालयको रोक


जनमञ्च संवाददाता
  • २७ पौस २०७८ , मंगलबार

  • २५ जनाभन्दा बढी भेला हुन गृह मन्त्रालयको रोक

    काठमाडौं, २७ पुस – गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। कोरोना संक्रमण नियन्त्रणका लागि यस्तो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।

    सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै गृहले सार्वजनिक स्थलमा भीड हुने सबै प्रकारका कार्यक्रममा रोक लगाउने निर्णय गरेको हो।

    ‘सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने,’ गृहको निर्णयमा भनिएको छ, ‘अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउन सकिन्छ। अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरू आयोजना नगर्न, नगराउन आवश्यक व्यवस्था मिलाइने।’

    गृह मन्त्रालयको निर्णयमा अगाडि भनिएको छ, ‘जिल्लाले आफ्ना जिल्ला र स्थानीय तहको अवस्थाको विश्लेषण गरी परिस्थितिजन्य लचकता वा कडाइ गर्नसमेत सक्ने छन्।’

    गृह मन्त्रालयले मातहतका सुरक्षा निकाय र प्रशासन कार्यालयलाई उक्त निर्णय कार्यान्वयन गर्नका लागि निर्देशन दिएको छ। कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आइतबार गरेको निर्णयलाई कार्यान्वयनमा लैजाने गरी गृह मन्त्रालयले प्रतिवन्धात्मक निर्णय गरेको हो।

    त्यसैगरी सार्वजनिक स्थान, कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य कोरोना विरुद्धको खोप लगाएको कार्ड वा कार्डको फोटोको आधारमा मात्रै प्रवेशको व्यवस्था गर्न पनि सुरक्षा निकाय र तथा प्रशासनलाई गृह मन्त्रालयले निर्देशन दिएको छ।

    माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्नका लागि खोप कार्ड अनिवार्य देखाउन पनि गृह मन्त्रालयले निर्देशन दिएको छ।

    यस अघि सीसीएमसीको सिफारिस अनुसार शिक्षा मन्त्रालयले आगामी माघ १५ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend