२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

स्थानीय चुनाव माघको पहिलो साताभित्र घोषणा गरिसक्नुपर्छ: निर्वाचन आयोग


जनमञ्च संवाददाता
  • ३० पौस २०७८ , शुक्रबार

  • स्थानीय चुनाव माघको पहिलो साताभित्र घोषणा गरिसक्नुपर्छ: निर्वाचन आयोग

    काठमाडौं, ३० पुस – निर्वाचन आयोगले माघ पहिलो सातासम्म स्थानीय तहको निर्वाचन घोषणा गरिसक्नुपर्नेमा जोड दिएको छ।

    आयोगद्वारा शुक्रबार आयोजित सर्वदलीय बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय चुनाव समयमै निर्वाचन गर्नुको विकल्प नरहेको र त्यसका लागि माघ पहिलो साता निर्वाचन मिति घोषणा गरिसक्नुपर्ने धारणा राखेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

    शर्माका अनुसार, प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन गर्न आवश्यक पर्ने १२० दिन घर्किसकेकोतर्फ दलहरूको ध्यानाकर्षण समेत गराएका थिए।

    त्यसअघि आयोगले स्थानीय तह रिक्त हुँदा पर्ने संवैधानिक तथा व्यावहारिक जटिलताको विषयमा पनि दलहरूलाई जानकारी दिएको थियो। “राजनीतिक दलका नेताहरूबाट रचनात्मक सुझाव आएका छन्,” प्रवक्ता शर्माले भने, “मितिको सम्बन्धमा सरकारलाई परामर्श दिन्छौं।”

    २०७९ जेठ पहिलो साताबाट स्थानीय तह जनप्रतिनिधिविहीन हुँदै छन्। आयोगले यसअघि वैशाखमा निर्वाचनको मिति प्रस्ताव गरेको थियो।

    बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रमेश लेखकले स्थानीय तहको निर्वाचन सम्बन्धी संवैधानिक व्यवस्थाका बारेमा आयोगले विस्तृत जानकारी दिएको  बताए। यो विषयमा छलफल गरेर सरकार चाँडै निर्णयमा पुग्नुपर्ने लेखकले उल्लेख गरे।

    नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले संवैधानिक व्यवस्था अनुसार तत्काल स्थानीय चुनाव हुनुपर्ने धारणा आफूले बैठकमा राखेको जानकारी दिए। कुनै पनि बहानामा स्थानीय चुनाव गर्न ढिलाइ गर्न नहुनेमा उनको जोड थियो।

    आयोगले राष्ट्रिय सभा निर्वाचनको तयारी र मतदाता नामावली सङ्कलनको विषयमा दलहरूलाई जानकारी दिएको थियो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend